कोविड़ भारत: कोरोनाक १२० नयाँ मामिला, १ जनाकाे मृत्यु

COVID_Model_AP.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १२० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८५,०३७ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले केरेलामा १ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७६१ पुगेको छ। यसरी नै यस अवधिमा २२८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५२,३६० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,९१६ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४२,६१३ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,७८,७०,७३० जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,१२६ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६३,४०,००३ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement