जेएसी-का प्रतिनिधि टोलीले भेटे राज्यपाल लक्ष्मण आचार्यलाई

IMG-20230220-WA0004.jpg

गान्तोक: सिक्किमे नेपाली समुदायमाथि लागेको विदेशीको लाञ्छना सम्बन्धमा राज्यका नागरिक समाजका सदस्यहरू मिलेर गठन गरेको जोइन्ट एक्शन काउन्सिल (जेएसी) को एउटा दश सदस्यीय प्रतिनिधि टोलीले आज राज्यका नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई राजभवनमा भेट गऱ्यो। भेटवार्तमा जोइन्ट एक्शन काउन्सिलको प्रतिनिधि टोलीले सम्पूर्ण सिक्किमवासीको पक्षमा राज्यपाललाई स्वागत जनाए भने जोइन्ट एक्शन काउन्सिल गठन गर्नुको कारण र उद्देशय साथै हिजो मात्र यसै संस्थाको ब्यानरमा आयोजित सर्व दलीय बैठकमा पारित गरिएका प्रस्तावहरू बारे पनि राज्यपाललाई अवगत गराए।

About Author

Advertisement