नयाँ दिल्ली: वित्त मन्त्रालयले २२ फरवरीको दिन सार्वजनिक क्षेत्रका ब्याङ्क र निजी क्षेत्रका चार मुख्य कर्जदाताहरूका प्रमुखको बैठक बोलाएको छ। बैठकमा आपात ऋण सुविधा ग्यारण्टी योजनाको समीक्षा गरिने छ सूत्रहरूले आइतवार भने, वित्त मन्त्रालयले सार्वजनिक क्षेत्रका ब्याङ्क र चार निजी कर्जदाताहरूका प्रमुखहरूको बैठक २२ फरवरीमा बोलाएको छ, जसमा ईसीएलजीएस र कोरोना महामारीले प्रभावित एलजीएससीएएसमा प्रगतिको समीक्षा गरिने छ। वित्त मन्त्रालयमा वित्तीय सेवा विभागका सचिव विवेक जोशीले बैठके अध्यक्षता गर्नेछन्।
ईसीएलजीएसको समीक्षा बैठकमा निजी क्षेत्रका एचडीएफसी ब्याङ्क, आईसीआईसीआई ब्याङ्क, एक्सिस ब्याङ्क र कोटक महिन्द्रा ब्याङ्कका प्रतिनिधि सामेल रहनेछन्। बैठकमा ईसीएलजीएस र एलजीएससीएएसको ३१ मार्चपछि विस्तारका साथै यससित सम्बन्धित चुनौतीहरूमाथि चर्चा गरिने छ। ईसीएलजीएस कोरोना महामारीले प्रभावित व्यापार क्षेत्रहरूको मद्दतको निम्ति शुरू गरिएको थियो।