एडिनो भाइरसले पीड़ित पाँच नानीको मृत्यु

diagram-of-adeno-virus-particle-structure-vector-19725516.webp

कोलकाता: पश्चिम बंगालको कोलकातामा एडिनो भाइरसले पीड़ित पाँच नानीको मृत्यु भएको छ। आइतवार बिहान बीसी रोय चिल्ड्रेन हस्पितलमा अझ एक नानीको मृत्यु भयो। अस्पताल सूत्रहरू अनुसार, ज्वरोले पीड़ित भएपछि नानीलाई अस्पतालमा भर्ती गरिएको थियो। गत सात-आठ दिनदेखि नानी भेण्टिलेटरमा थिए। तर, नानी एडिनो भाइरसले संक्रमित छन् अथवा छैनन् भन्ने स्पष्ट छैन।बीसी राय अस्पतालमा अहिलेसम्म यस भाइरसले पाँचभन्दा धेरै नानीको मृत्यु भइसकेको छ। अस्पतालका अधिकारीहरूले स्वास्थ्य भवनसँग यस अस्पतालमा रेफर गरिने बिरामीहरूको संख्या कम गर्न अनुरोध गरेको छ। अर्कोतिर, बेलेघाटा आईडी अस्पतालले बिमारीको प्रसार रोकथाम गर्न बाल रोग विशेषज्ञका साथै पीकू निकू खोल्ने प्रस्ताव दिएको छ।

About Author

Advertisement