ट्रक र पिक अप भ्यान संगठन अनि जिल्ला शासक र अनित थापासित सिलगढीमा सभा

IMG-20230219-WA0275.jpg

भोलि सोमबारदेखि ट्रकहरू चल्ने

सिलगढी: विगत १३ फरवरीदेखि ट्रकहरूको की डाउन भोलि सोमबारदेखि खोलिने भएको छ। उक्त निर्णय आज साँझ सिलगढीको पिन्टेल भिलेजमा दार्जिलिङ ट्रक चालक संगठन र दार्जिलिङ जिल्ला ट्रक मालिक संगठन र दार्जिलिङ जिल्ला शासक, जीटीए चिफमाझ सम्पन्न सभामा लिइएको छ। नदीतिर घाट नखोलिएको विरोधमा ट्रकहरू विगत १३ फरवरीदेखि बन्द रहेको थियो। यसै विषयलाई लिएर आज साँझ दार्जिलिङको जिल्ला शासक एस पुनमबालम, जीटीए चिफ् अनित थापा अनि दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशन, दार्जिलिङ ट्रक चालक संगठन, दार्जिलिङ पिक भ्यान संगठन, मिरिक ट्रक चालक एसोसिएशन, मिरिक पिक् भ्यान एसोसिएशनमाझ सभा सम्पन्न भएको छ। उक्त सभामा जिल्ला प्रशासन र जीटीएले नदीमा बन्द रहेको घाटहरू खोलिने भएपछि भोलि सोमबारदेखि ट्रकहरू र पिक भ्यानहरू खोलिने भएको जानकारी प्राप्त भएको छ। उक्त सभापछि पत्रकार सम्मेलन बेलाएर ट्रक र पिक अप् भ्यान संगठनहरूले भोलि सोमबरदेखि ट्रकहरू पिक अप् भ्यानहरू खोलिने भएको बताएका छन्। सभापछि दार्जिलिङ जिल्ला ट्रक मालिक संगठनको सभापछि मन्ना त्रिखत्रीले फोनमा भने, ‘दार्जिलिङ जिल्लाधिकारी र जीटीए चिफले हाम्रो सबै मांगहरू पूरा गरिदिएको छ। दुवैले हाम्रो समस्या समाधान गरिदिने भएको छ अनि नदीको घाटहरू खोल्ने भएपछि विगत १३ फरवरीदेखि भएको की डाउन भोलिदेखि की अप गरेर कुदने भएको छ। हामीले भोलिदेखि ट्रकहरू र पिक अप भ्यानहरू कुदाउने निर्णय लिएका छौं र भोलिदेखि सबै मालवाहक गाड़ीहरू कुदने भएको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement