भारतीय सेनाका एक जवानको मृत्यु

1290230-dead.jpg

गान्तोकः पूर्व सिक्किमको शेरेथाङ पुलिस थाना क्षेत्र अन्तर्गत खरगोस ओपीमा भारतीय सेनाका एक जवानको मृत्यु भएको छ। मृतक जवानको पहिचान मिथलेस कुमार यादवको रूपमा गरिएको छ। उनी ५४ फिल्ड रेजिमेन्टका जवान थिए।

पुलिस रिपोर्ट अनुसार, मृतक जवान आफ्ना एक सहकर्मीसँग शौचालय गएका थिए। उनले सहकर्मीलाई १० मिनटपछि आउँछु भनेर पठाए। तर, उनी १५ मिनटपछि पनि फर्केर आएनन्‌ र शौचालयमा पनि थिएनन्‌। यसको जानकारी अन्यहरूलाई पनि दिइयो र उनको खोज शुरू गरियो। यस क्रममा यादवलाई लगभग ६० फुट तल गम्भीर रूपमा घाइते अवस्थामा लडिरहेको भेटियो। उनलाई तत्काल शेरेथाङ एमआई रूममा लगियो जहाँ चिकित्सकले मृत घोषित गरिदिए। पुलिसले मामिला दर्ता गरेर जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement