ट्रक चालकहरूको समस्याको समाधान नभए हामी सड़कमा ओर्लिन बाध्य हुनेछौं: विनय तामाङ

IMG-20230219-WA0261.jpg

दार्जीलिङ: ट्रक चालकहरूको समस्याको समाधान नभए हामी सड़कमा ओर्लिन बाध्य हुनेछौं भनी सभासद विनय तामाङले आज पत्रकारहरूलाई बताएका छन्।सभासद तामाङले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘गत केही दिनदेखि सिलगढीदेखि दार्जीलिङ चल्ने ट्रकहरू बन्द रहेको छ। ट्रक चालक एंव मालिक ऐसोसिएशनको पक्षबाट समस्याको समाधानको निम्ति धेरै पहलहरू चलाएको थियो तर आजसम्म कुनै समाधानको मार्ग निस्कन सकेको छैन। ट्रक बन्दको कारणले गर्दा दार्जीलिङको आम जनताले धेरै दु:ख पाईरहेको छ अनि ट्रक चालक एंव मालिकहरूले भोग्न परिरहेको कठिनाईहरूलाई पनि हामीले हेरिरहेका छौं। दार्जीलिङ जिल्लाधिकारीलाई हामी अनुरोध गर्छौं कि ट्रक चालक एंव मालिकहरूको समस्याहरूलाई शीघ्र समाधान गर्ने काम गरियोस्। ट्रक चालक एंव मालिकहरूको समस्याहरूलाई समाधान गर्न राज्यको विभागीय अधिकारीहरू पनि अघि आउनपर्छ, ट्रक बन्द गर्ने काम केवल दार्जीलिङ जिल्लालाई लिएर मात्र भईरहेको छ। कालेबुङ, जलपाइगढी जिल्लाहरूमा घाट बन्द गर्ने कार्यहरू भएको छैन। ट्रक बन्द भएको कारणले गर्दा पहाडमा खाद्य समाग्रीहरूको अभाव दिन दिनै बढ़्दै जाँदैछ। यसले आम जनतालाई धेरै समस्यामा पार्दैछ।अहिले सुक्खा समयमा पनि प्रशासनले बलुवा, गिटी बोक्न नदिनु,यस विषयमाथि सर्वोच्च न्यायलय एंव कुनै विभागको अड्चन छ भने त्यसलाई समाधान गर्न विभागीय अधिकारीहरू अघि आउनुपर्छ।’
ट्रक चालक एंव मालिकहरूको समस्यालाई जिल्ला प्रशासनले समाधान नगरे अनि यसको कारणले आम जनतालाई समस्या भए हामी सभासदहरू सडकमा ओर्लिन बाध्य हुने छौं भनी सभासद विनय तामाङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement