सोनादा: सोनादा सिलगढी चालक अनि मालिक वेलफेयर एसोसिएशनले पनि ट्रक चालक र मालिकहरूद्वारा गरिरहेको ट्रक बन्दको समर्थन जनाएका छन्। अाज सोनादामा सोनादा सिलगढी चालक र मालिक एसोसिएशन र सोनादा सिलगढी सेण्डिकेटद्वारा संयुक्त रूपमा पत्रकार सम्मेलनमा दुवै संगठनले ट्रक चालकहरू र मालिकवर्गको मांगलाई समर्थन जनाएको छ। दुवै संगठनले ट्रक चालक र मालिकवर्गले नदीमा घाट नखोलिएसम्म चाबी डाउन गर्ने कुरालाई सहयोग गर्दै समर्थन जनाएका छन्। ट्रक चालक र मालिकवर्गसित भोलि प्रशासनको बैठक भईरहेको छ र उक्त बैठकमा पनि घाट खोल्ने कुरा मिलेन भने ट्रक चालक र मालिवर्गसितै सोनादादेखि सिलगढी चालक अनि मालिकवर्ग र सोनादा सिलगढी सेण्डीकेटले पनि गाड़ी नचलाउने भएको छ। त्यसरी नै ट्रकहरूका मांगलाई समर्थन गर्दै सोनादादेखि सिलगढीसम्म चल्ने गाडीमा मासवाहक ट्रकहरूले बोक्ने विभिन्न भारीहरू पनि नबोक्ने र भएको छ। पत्रकारहरूसित कुराकानी गर्दै सोनादा सिलगढी चालक अनि मालिक वेलफेयर एसोसिएशनको मुख्य सल्लाहकार अमृत प्रधानले बताएका छन्।