सोनादा: जीवन साधारणत: जिउनु मात्र होइन जीवन बाँच्नु कति गाह्रो हुन्छ। जब आँखाभरि धेरै सपना र छात्तीभरि थुप्रै चाहनाहरू बोकेर मृत्यु पर्खनु पर्ने बाध्यतामा त झन् जिन्दगी एउटा बोझ बन्छ। ३४ वर्षको युवा अवस्थामा आफ्नो थुप्रै सपनाहरूसितै परिवारको दायित्व पनि लिएको सोनादा डाँडा गाउँ, नयाँ कमान निवासी अविनाश प्रधान आज जिन्दगी अनि मृत्युको दोसाँधमा बाँचिरहेका छन्। गत धेरै समयदेखि उनी किड्नी (मिर्गौला) को रोगले ग्रासित छन्। परिवार आर्थिक रूपले कमजोर भएकोले तिनको उपचार हुन सकिरहेको छैन। जब कि अविनाशको किड्नी (मिर्गौला) फेर्नलाई धेरै रूपियाँ खर्च लाग्ने भएकोले आजको परिस्थितिमा तिनले न आफूलाई बचाउन सकेका छन् न परिवारको दायित्व वाहन गर्न सकेका छन्। भनिन्छ — एक थुकी सुकी सय थुकी नदी। हामी आवश्यक अनावश्यक धेरै खर्च गर्छौं, धार्मिक कार्यहरूमा पनि उपयोग गर्छौं। यसपल्ट तपाईहरूको यथाशक्य सहयोगले युवा अविनाशको जीवन बचाउन सकिन्छ। कृपया अविनाशलाई किड्नी (मिर्गौला) फेर्न तथा उसलाई नयाँ जीवन दिन सहयोगको हात बडाउने अपिल गरेका छन्। आर्थिक सहयोग गर्न चाहनुहुने दाता महानुभावले निम्न ठेगानामा सहयोग पठाई दिनु सक्नु हुनेछ।
अविनास प्रधान
खाता संख्या: ३२०९३७८४५३४
एसबीआई सोनादा शाखा
आईएफएससी कोड: एसबीआईएन००१५३१३
सम्पर्क: ८१४५१३०९९४










