ज्येत्सेनलाई दार्जिलिङमा भव्य स्वागत

IMG-20230218-WA0269.jpg

भोलि जीटीएद्वारा सम्बर्ध्दना जनाइने कार्यक्रम

दार्जिलिङ: जीटिभीको सारेगामप लिटल च्याम्पको खिताब विजेता ज्येत्सेन डोना लामालाई आज दार्जिलिङमा भव्य स्वागत जनाइएको छ। विशेष गरी दार्जिलिङलाई धन्यवाद दिनलाई ज्येत्सेन डोना लामा र उनको परिवार आज दार्जिलिङ आईपुगेका छन्। ज्येत्सेनलाई भोलि दिउँसो १ बजेतिर जीटीएको सूचना अनि सांस्कृतिक विभागको तर्फबाट दार्जिलिङको भानु भवनमा अायोजित एक कार्यक्रममा सम्बर्ध्दना जनाउने कार्यक्रम पनि रहेको छ। यस अवसरमा पत्रकारहरूसित कुराकानी ज्येत्सेन डोना लामाले भनिन् – ‘मलाई भोट दिएर जिताउनु भएकोमा सम्पूर्ण दार्जिलिङवासीहरूलाई धन्यवाद छ। म अाज दार्जिलिङ आएकी छु र भोलि म यहाँको भानु भवनमा हुने कार्यक्रममा उपस्थित हुनेछु। भोलि मलाई भेट्न सबैजना आईदिनु होला।’

पत्रकार सम्मेलनमा बोल्दै जीटीएको सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक भानुकान्त घिसिङले भने, ‘जीटिभी सारेगामप लिटल च्याम्पको खिताब विजेता गोर्खाहरूका गौरव ज्येत्सेन डोनामा लामा दार्जिलिङ आई पुगेकी छन्। उनलाई हामी दार्जिलिङको तर्फबाट न्यानो स्वागत जनाउँदछौं। भोलि दिउँसो भानु भवनमा सम्पन्न एक कार्यक्रममा जीटीएको सूचना अनि सांस्कृतिक विभागको पक्षमा सम्बर्ध्दना जनाउने कार्यक्रम रहेको छ र भोलि हुने कार्यक्रममा हाम्रो गौरव ज्येत्सेनलाई भेट्न आईदिने अनुरोध गर्दछु।’

सह निर्देशक घिसिङले भोलि ज्येत्सेनबाहेक जी बंगलाको उप विजेता अल्बर्ट काबो र थर्बु उच्चत्तर माध्यमिक विद्यालयको व्याण्डकाहरूलाई पनि सम्बर्ध्दना जनाइने कार्यक्रम रहेको र उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीए चिफ् अनित थापा उपस्थित रहने जानकारी पनि गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement