पर्जा पट्टा विषय लिएर रोहिणीमा सभा सम्पन्न

IMG-20230218-WA0276.jpg

खरसाङ: खरसाड महकुमा अन्तर्गत अम्बटे पंखाबारी समष्टिको रोहिणी क्षेत्रमा पर्जापट्टा विषय लिएर एक महत्वपूर्ण सभा सम्पन्न गरिएको छ। उक्त सभामा वक्ताहरूले भने, ‘गत केही दिन अघि जीटीएका प्रमुख कार्यपाल अनित कुमार थापा कलकत्ताको भ्रमणमा श्रमिकहरूको दिगो दिनको सपना एंव पिता पुर्खाले सिँचेको घरेटी स्वतन्त्र भारतदेखि विभिन्न राजनीतिक पार्टीका नेतृत्वहरूले भोट खसाल्ने मशीन सरह सदुपयोग गरेर सुकुमबासी सरह बनाए राजनीतिक फा-इदा लुट्ने कार्य गरिरहेको थियो। तर वर्तमान भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय संस्थापक अध्यक्ष अनित कुमार थापाको कुशल नेतृत्वमा पहाडको विकास, शैक्षिक क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकास, वेरोजगारहरूमा स्वनिर्भर बन्न विभिन्न परियोजना सँगसँगै पर्जापट्टा वितरण एंव चियाबगान श्रमिकहरूको हितमा पर्जापट्टा दिलाउन सकुन भन्ने उद्देश्यले राज्यको मुख्यमन्त्रीलाई जानकारी गराएका थिए। यसको परिणामस्वरुप गत केही दिन अघि राज्यको बजट पेशमा वित्तीयमन्त्रीले राज्यको विधानसभामा श्रमिकहरूको पर्जापट्टा लिएर बिल प्रस्तुत गरेका थिए।’
यही कुराहरूलाई लिएर भागोप्रमो अध्यक्ष अनित कुमार थापालाई धन्यवादसहित रोहिणीवासीहरूले पनि पर्जापट्टा पाउन सकुन् भन्ने उद्देश्य लिएर सभा राखिएको जानकारी भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले जानकारी गराएका छन्।

About Author

Advertisement