वाङ्गे गुरुङलाई सम्बर्द्धना

IMG-20230218-WA0225.jpg

तक्दाह: १८ फरवरी सिक्किम राज्यमा आयोजित सिक्किम ‘ई-कलचर ई-स्वर’ गायन प्रतियोगितामा उत्कृष्ट १२मा पुगेर प्रथम स्थान हासिल गर्न सफल बनेका तक्दाह चियाबारीका छोरा वाङ्गे गुरुङलाई शिवग्राम समाज एवं सनराईज सोसाइटीद्वारा सम्बर्द्धना जनाएका छ। शिवग्राम समाजका सभापति राजेन प्रधानको अध्यक्षामा सम्पन्न उक्त कार्यक्रम प्रकाश गुरुङ मुख्य अतिथिको रुपमा उपस्थित थिए। दुवै समाजका सभापति सचिव एवं सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो भने वाङ्गे गुरुङलाई शिर टोपी,दोशाला एवं सम्बर्द्धना पत्रद्वारा सम्मान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement