अमेरिकी महावाणिज्य दूतावासले गरे राज्यपाल आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट

n4729332201676745806949e041577b7430837fd8b27089d2c0bb0a5469d3c4ae608f440bf81935bfc37ed4.jpg

गान्तोक: सिक्किमका नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज अमेरिकी महावाणिज्य दूतावास, कोलकाताका महावाणिज्य दूत मेलिण्डा एम पावेक र टोलीले राजभवनमा शिष्टाचार भेट गरे। अमेरिकी महावाणिज्य दूतावास, कोलकाताले सिक्किमका धेरै विषयहरूमाथि अध्ययन गरिरहेको छ। राज्यपालसॅंग भएको भेट अवधि सिक्किमलाई प्रचुर सम्भावनाले भरिएको राज्य बताउॅंदै राज्यमा अगाडि बढ्ने अपार क्षमता उजागर गरिएको बताइएको छ।

About Author

Advertisement