सिलगढी: राज्यकी मुख्यमन्त्री ममता ब्यार्जीको भेला उत्तर बंगालको भ्रमणमा फरवरी २१ मा सिलगढी पुग्दैछ। उनको प्रशासनिक बैठक फरवरी २१ मा सिलगढीको कञ्चनजङ्घा स्टेडियममा हुनेछ। यसैलाई मध्यनजर गर्दै तयारी तिब्र रुपमा भइरहेको छ। शुक्रबार प्रहरी आयुक्तले सुरक्षा व्यवस्थालगायत प्रशासनिक व्यवस्थाको समीक्षा गरेका थिए। सिलगढीका मेयर गौतम देव र दार्जिलिङका जिल्ला अधिकारी एस पुनम्बलमले शनिबार बिहान कञ्चनजङ्घा स्टेडियमको भ्रमण गरे।








