गान्तोक: विद्यार्थीहरुलाई मोबाइल अनि अनलाइन खेलको लतबाट छुटाकारा स्वास्थ अनि रचनात्मक कर्यतिर अग्रसर गराउने उद्देश्यले नमाथाङको रामेङ निज्रमिङमा आयोजित अण्डर १५ विन्टर फूटबल प्रतियोगिताको क्वार्टर फाइनल खेलमा आज मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रूपमा उपस्थिति जनाए। आजको खेल फोङला उच्चतर माध्यमिक बनाम नामथाङ उच्चतर माध्यमिक विद्यालयबीच सम्पन्न भयो। मुख्य अथिति खालिङले खेलाडीहरूलाई खेलको निम्ति साथै आगामी दिनको निम्ति शुभकामना दिए।
यसरी विद्यार्थीहरुलाई स्वस्थ अनि रचनात्मक कार्यमा अग्रसर गराउने उद्देश्यले फूटबल प्रतियोगिताको आयोजना गरेकोमा आयोजक समितिले खालिङले बधाई साथै शुभकामना दिए। यसरी विद्यार्थीहरुलाई स्वास्थ अनि रचनात्मक कार्यमा अग्रसर गराउने उद्देश्यले फूटबल प्रतियोगिताको आयोजना गरेकोमा आयोजक समितिले खालिङले बधाई साथै शुभकामना दिए। वर्तमान सरकारले विद्यार्थी अनि राज्यका युवाहरूलाई खेल अनि रचनात्मक कार्यतिर अग्रसर गराउन धेरै सहयोग गरिरहेको पनि उनले जानकारी गराए। खेलमा मात्र होइन प्रत्येक प्रतिभावान युवाहरूलाई आफ्नु प्रतिभा दक्ष बनाउन सरकारले धरातल निर्माण गरिरहेको जानकारी गराए। यस्तो महत कार्यलाई निरन्तरता दिने पनि उनले आयोजक समितीलाई आग्रह गरे। आफ्नो अनि सरकारको तर्फबाट सदैव सहयोग पुऱ्य़ाउने उनले प्रतिवद्ध्ता व्यक्त गरे।










