सिक्किमको मुख्यमन्त्री र सासंद राजु विष्टको भेट

CollageMaker_2023217195338102.jpg

सिलगढी: दार्जीलिङ लोकसभाको भारतीय जनता पार्टीको सांसद राजु विष्ट अनि सिक्किमका मुख्यमन्त्री पिएस गोलेको बागडोगरा विमानस्थलमा भेट भएको छ। दुवैले बागडोगरा हवाई अड्डामा सौहार्दपूर्ण भेटघाट गरेको भारतीय जनता पार्टीको प्रतिनिधिहरूले जानकारी गराएका छन्। सिक्किमका मुख्यमन्त्री पीएस गोलेले सांसद विष्टलाई भर्खरै लोकसभा सदनमा सिक्किमे जनताको हितमा बोलिदिएकोमा साथै सिक्किमे जनताको साथमा खडा भइ दिएकोमा धन्यवाद दिएका छन्। यस अवसरमा सिक्किमसा मुख्यमन्त्री पीएस गोलेद्वारा सासंद राजु विष्टलाई खदार्पण गरी आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement