रिम्बिकमा सभासद नोर्देन शेर्पाको बाहुलीबाट रोड निर्माण कार्यको शिलान्यास

IMG-20230217-WA0198.jpg

दार्जिलिङ: दार्जिलिङ जिल्लाको सुदुर पश्चिममा रहेको रिम्बिक क्षेत्रको गाउँहरूलाई बजारसित जोडिने मूल सडक मान्न सकिन्छ। आज क्षेत्रीय सभासद तथा जीटीए पर्यटन विभाग प्रमुख नोर्देन शेर्पाको बाहुलीबाट उक्त सडक निर्माण कार्यको विधिपूर्वक पूजाको साथमा बाटो निर्माण कार्य सुरू गरेको छ। यसले सिरीखोला डाँडा गाउँ ग्राम पञ्चायत अन्तर्गत पर्ने गाउँको यो मुख्य बाटो हो।

उक्त बाटोको लगानी चार करोड सैतालिस लाख रहेको छ। यस बाटोले यस क्षेत्रको विकास, पर्यटन व्यवसाय र आर्थिक विकासमा ठूलो ठेवा पुग्ने बताइएको छ। यस क्षेत्रका क्षेत्रवासीले वर्षौंदेखि देख्दै आएको सपना बल्ल पूरा भएको सभासद नोर्देन शेर्पाले बताएका छन्। उनले अझैं विकासमूलक कार्यहरू रिम्बिक लोधोमा समष्टीमा आउने र कुनै गाउँ नछुट्ने बताएका छन्।

About Author

Advertisement