सुकुना गोल्ड कपसँग हाम्रो परिवार जोडिएको पाउँदा खुशी लागेको छ: अजय एडवाडर्स

81617b00-3ddc-417b-9a78-5b13702c6eb1


दार्जीलिङ: सुकना गोल्ड कपसँग हाम्रो परिवार जोडिएको थाह पाएपछि अति नै खुशीको अनुभव गरेको छु। उक्त मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स गरेका हुन्। सुकुना गोल्डको आज अन्तिम खेल सुकुना खेल मैदानमा आयोजना भएको थियो।आजको अन्तिम खेलमा आयोजक समितिले भारतीय फुटबल टीमको पूर्व क्याप्टेन एवम् हाम्रो सिक्किम पार्टीको अध्यक्ष भाइचुङ भोटिया,दार्जीलिङको सांसद राजु विष्ट अनि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस आदिलाई निम्तयाएको थियो।आयोजित सुकुना गोल्ड कप फुटबल टुनामेन्टको फाइनल खेल समारोहलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले सम्बोधन गर्ने क्रममा आफु पहिलो चोटी अंशग्रहण आएको हो भन्ने बताए। तिनले अघि भने, सुकुना गोल्ड कपमा हाम्रै परिवार जोडिएको रहेको छ अनि यो कुरा सुनेर आफुलाई अति नै खुशी लागेको अध्यक्ष एडवाडर्सले बताए।कुनै पनि खेल भनेको एउटा टीमले जित्छ अनि अर्को टीम हार्छ राजनैतिक चुनाव पनि फुटबल म्याज जस्तै हुन्छ अध्यक्ष एडवाडर्सले भने।आजको म्याजमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हाम्रो सिक्किम पार्टीको अध्यक्ष एंव भारतीय फुटबल टीमको पूर्व क्याप्टन भाइचुङ भोटियासँग सामान्य कुराकानी पनि गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement