किसान र उत्पादक संस्थाले लिए यान्त्रिक धान रोप्ने तालिम

IMG-20230217-WA0208.jpg

अलिपुरद्वार: कृषिलाई अझ आधुनिक बनाउनको लागि, कृषि विभागले कल्चिनी ब्लकमा किसान र उत्पादक संस्थाहरूलाई यान्त्रिक धान रोप्ने प्रशिक्षण दिइरहेको छ। यहाँबाट तालिम लिएर सिधै किसानलाई जानकारी गराउनेछन्। यस सम्बन्धमा डुअर्स एग्रो फार्मर्स प्रोड्युसर कम्पनीका तर्फबाट विनय नरजिनारीले भने, ‘कृषकलाई धान खेती वा रोप्न धेरै दिन लाग्छ। तर मेसिनको सहायताले रोप्ने हो भने तीन–चार दिनमा धान रोपिन्छ। फलस्वरूप, धेरै समय बचत हुनेछ, श्रम कम हुनेछ, र लागत पनि धेरै कम हुनेछ। यसबाट किसानले बढी नाफा कमाउने सुनौलो अवसर पाउनेछन्।

About Author

Advertisement