गुडिरहेको कारमा आगलागी, चालक जोगिए

CollageMaker_202321615914930.jpg

सिलगढी: बिहीबार बिहान माटिगाराको एक सपिङ मलको अगाडि एउटा चलिरहेको कारमा अचानक आगो लाग्यो। कार दार्जिलिङ मोडबाट बागडोगरा रोडतर्फ गइरहेको बताइएको छ। कार माटिगारास्थित सपिङ मल अगाडि पुग्दा चालकले कारबाट धुवाँ निस्किएको देखे। गाडीबाट निस्केपछि गाडीमा आगो लागेको देखे। सुरुमा उनले आगो निभाउने प्रयास गरे। तर बिस्तारै आगोको तीव्रता बढ्न थालेपछि दमकललाई खबर गरियाे। सिलगढी दमकल केन्द्रको दमकल पुगेर आगो नियन्त्रणमा ल्याए। घटनामा कसैको हताहतीको जानकारी आएको छैन। तर गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। कारका चालक आकाश थापाले गाडीमा कुनै समस्या थिएनी भनेि जानाए। यो घटना सर्ट सर्किटका कारण भएको हुनसक्छ। तर, दमकलले आगलागीको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement