पश्चिम बङ्गाल विधानसभामा फर्जी विधायक पक्राउ

West-Bengal-Assemby

कोलकाता: राज्यमा फर्जी आईएएस, फर्जी सीबीआई अफिसर पछि, अब फर्जी विधायक पक्रा परेका छन्। बुधबार दिउँसो एक व्यक्ति आफूलाई विधायक दाबी गर्दै विधानसभामा पुगेका थिए। यसैबीच पुलिसले उनलाई समात्यो। अभियुक्तको नाम गजानन शर्मा बताइएको छ। उनी बेलियस रोड हावडाका बासिन्दा हुन्। तर, उनी विधानसभाको मुख्य गेटको सुरक्षा घेरा पार गरेर भित्र कसरी पुगे भन्ने प्रश्न उठेको छ। उनलाई पछि हेयर स्ट्रीट पुलिस थानामा पुलिसले हिरासतमा लियो।

समाचारअनुसार बुधबार विधानसभामा बजेट प्रस्तुत गर्ने दिन थियो। बुधबार दिउँसो एक व्यक्ति शर्ट र प्यान्ट लगाएर विधानसभाको लबीमा घुमिरहेको भेटाइयो। यसै क्रममा विधानसभामा तैनाथ पुलिसलाई उक्त व्यक्तिमाथि शंका लागेपछि उनीहरुले व्यक्तिसँग परिचय सोधे। त्यसमा उसले आफू विधायक भएको बताए। सोधपुछ गर्दा ती व्यक्तिले आफ्नो नाम गजानन शर्मा बताए। विधानसभामा उपस्थित पुलिसले किओस्कमा बसेर गजाननलाई सोधपुछ गर्यो। पछि हेयर स्ट्रीट थानाको पुलिसले उसलाई हिरासतमा लियो। डीसी सेन्ट्रल रुपेश कुमारले पक्रा परेका व्यक्ति मानसिक रोगी रहेको बताए। उनी लगातार अनौठो कुराहरू बोल्दै र आफैलाई नयाँ नाम बताइरहेका थिए। उनको एक मात्र छोरा सन् २०२० मा र श्रीमतीको सन् २०२१ मा मृत्यु भएको प्रारम्भिक जाँचबाट खुलेको छ। उनी हाल बुहारी र नातिनीसँग बस्छन्।

About Author

Advertisement