पहिलो गोर्खे चेली महिला फूटबल टुर्नामेण्टः सोरेंग एफसी बन्यो च्याम्पियन

IMG-20230216-WA0067.jpg

१६ फरवरीः खरसाङ फूटबल एसोसिएसन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खे चेली महिला आमन्त्रणी नक् आउट फूटबल प्रतियोगितामा सिक्किमको सोरेंग एफसी च्याम्पियन बन्यो। बुधवार चानमारी खेल मैदानमा खेलिएको फाइनल म्याचमा सोरेंग एफसी-ले एएसओएस कलकत्तालाई १-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि अतिरिक्त समय (१०-१० मिनट)-को दोस्रो हाफमा एएसओएस कलकत्ताकी खेलाड़ीले आत्मघाती गोल गर्दा सोरेंग एफसी च्याम्पियन बन्यो। म्याचको मध्यान्तरमा गत ७ फरवरीदेखि शुरु फूटबल रेफरी कार्यशालामा भाग लिने २४ जना प्रशिक्षणार्थीलाई जीटीए-का डेपुटी चेयरम्यान राजेश चौहान अनि नवराज छेत्री (सभासद, युवा एवम् खेलकुद प्रभारी)-को बाहुलीबाट प्रमाण पत्र अनि रेफरीको ड्रेस प्रदान गरियो। पहिलो गोर्खे चेली महिला आमन्त्रणी नक् आउट फूटबल प्रतियोगितामा च्याम्पियन बन्ने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। टुर्नामेण्टको समापन समारोहमा पूर्व फूटबलर पेम्बा छिरिंगलाई खेलप्रति उनको योगदानको निम्ति केएफए-को तर्फबाट सम्बर्द्धना जनाइयो। उनी १९७४-मा आरबीजीएम, जसोदा गिरी अनि हर्ली कप विजेता टीमका महत्त्वपूर्ण सदस्य रहेका थिए।

संक्षिप्तमाः
च्याम्पियनः सोरेंग एफसी, सिक्किम
रनरअप्ः एएसओएस कलकत्ता
स्टार अव् द म्याचः तितली सरकार (एएसओएस कलकत्ता)
स्टार अव् द टुर्नामेण्टः निमिता (सोरेंग एफसी, सिक्किम)
बेस्ट गोलकीपरः गुर्मे तामाङ (सोरेंग एफसी, सिक्किम)
हाईएस्ट स्कोररः सिमरन गुरुङ (सोरेंग एफसी, सिक्किम)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement