महिला प्रीमियर लीग (डब्ल्यूपीएल) २०२३ को निम्ति स्मृति मन्धनालाई टीमको कप्तान नियुक्त

de92355a-28d7-4c63-9fe1-d5bca22a4a55

बेङलुरुः रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) ले उद्घाटन महिला प्रीमियर लीग (डब्ल्यूपीएल) २०२३ को निम्ति स्मृति मन्धनालाई टीमको कप्तान नियुक्त गरेको छ। मन्धना हालैमा मुम्बईमा भएको नीलामीमा आरसीबीले ३.४० करोड रूपियाँमा साइन गरेको थियो, जुन डब्ल्यूपीएल नीलामीमा कुनै पनि खेलाडीको निम्ति सर्वाधिक बोली थियो।

आरसीबीको अध्यक्ष प्रथमेश मिश्राले भने, स्मृति हाम्रो प्ले बोल्ड दर्शन र क्रिकेट योजनाको केन्द्रमा छिन्‌। हामीले ‘उनलाई नेतृत्वको भूमिका सुम्पेका छौ र हामीलाई विश्वास छ कि स्मृतिले आरसीबीलाई नयाँ उचाइसम्म लिएर ‘जानेछिन्‌। मन्धना महिला क्रिकेटमा एक प्रमुख ब्याट्सम्यान हुन्‌ र उनले गत एक दशकमा टी२० प्रारूपमा व्यापक प्रभाव पारेकी छिन्‌। स्मृतिले ११३ टी २० अन्तरराष्ट्रियमा २७.१५ को औसत र १२३.१९ को स्ट्राइक रेटका साथ २,६६१ रन बनाएकी छिन्‌।

About Author

Advertisement