नवनियुक्त राज्यपाल आचार्यसँग पूर्व राज्यपाल प्रसादले भेट गरे

Screenshot_20230215_230135_Samsung-Internet.jpg

पाकिम: सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद आफ्नो कार्यकाल पूरा गरेर आज फर्कने क्रममा उनले सिक्किमका नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग रम्फूस्थित पर्यटन सूचना केन्द्रमा भेट गरे। पूर्व राज्यपाल प्रसादलाई रम्फूमा सम्मान स्वरूप तेस्रो आईआरबीले गार्ड अफ अनर दिइएको थियो। उल्लेखनीय छ, सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादको राज्यमा कार्यकाल पूरा भएको छ। उनी सिक्किमका १६ औं राज्यपाल हुन्। उनी २०१८ मा सिक्किमको राज्यपालको रूपमा नियुक्त भएका थिए।

About Author

Advertisement