टाउन स्टेसन बजारमा ३२ वटा सीसी क्यामेराको उद्घाटन

IMG-20230215-WA0212.jpg

सिलगढी: सिलगढीको सबैभन्दा पुरानो बजार मध्ये एक टाउन स्टेशन बजार हो। यो बजारमा दैनिक हजारौंको संख्यामा मानिसहरु किनबेच गर्ने गर्दछन्। आफ्नो सुरक्षालाई ध्यानमा राखी बजारमा सीसीटीभी क्यामेरा जडान गर्नका लागि सो क्षेत्रका व्यवसायीले पहल गरेका हुन्। यसै अन्तर्गत उक्त क्षेत्रमा ३२ वटा सीसी क्यामेरा जडानको बुधबार विधिवत उद्घाटन गरिएको छ। मेयरसँगै कार्यक्रममा डेपुटी मेयर रञ्जन सरकार, वार्ड नम्बर १८ का पार्षद सञ्जय शर्मा, सिलगढी ग्रेटर खुचरा व्यापार समितिका अध्यक्ष परिमल मित्रा र सचिव विप्लव कुमार मोहरीलगायत उपस्थित थिए।

About Author

Advertisement