नेपाली कविता आज अनेकौँ मोड र घुम्तीहरू पार गर्दै निकै विकशित अवस्थामा पुगिसकेको छ। किनकि अहिले कविता लेखनमा तीव्रता आएको छ। समग्रमा भन्नुपर्दा उपेक्षित मानवीय मूल्यको चित्रण, सत्तालोलुपता, भ्रष्टाचार, शोषण, दमन, सामाजिक असमानता आदिको विरोध, मानवअधिकार तथा शान्तिको कामना, नारीवादी स्वर, पर्यावरणीय चेतना आदि विषयमा बिम्ब, प्रतीकको प्रयोग गरेर पद्य र गद्य दुवैखाले कविताको सिर्जना गर्ने समसामयिक नेपाली कविताका मूलभूत प्रवृत्तिहरू हुन्। वर्तमान समयमा साहित्यकारहरूले मान्छेले भोगेका समस्याहरूलाई वस्तुपरक ढङ्गले यथार्थ चित्रण गरेका छन्।
खरसाङकी कवि देविका मंग्राती राईको प्रस्तुत कविता सङ्ग्रह “फागुन तिमी फर्किआउनु”मा पनि वर्तमान समयमा मान्छेले भोग्नुपरेको प्रायः सबै विषयहरूको उठान गरिएको पाइन्छ। यस सङ्ग्रहमा के के विषयका कविताहरू छन् भनेर सोध्नु भन्दा पनि, के विषयका कविता चाहिँ यहाँ छैनन्? भनेर सोध्नु उचित हुन्छ। मोठ ५८ वटा कवितामा हजुरहरूले धेरैजसो विषय नै पढ्न पाउनु हुनेछ। कवि देविका मंग्राती राईलाई म एउटी संवेदनशील कवि हुन् भन्न चाहन्छु। किनकि, उनका कविताहरूमा संवेदनशीलता एकदमै राम्रोसँग प्रकट भएको छ। अहिंसा,मानवता, न्याय, शिष्टाचार, सदाचारको भावना, अर्काको दुःखमा दुःखी हुनु, परोपकार, दान, सहाय-सहयोग, अर्काको विचारलाई आदर गर्नु आदि सबै गुणहरू छन्।
उनी एकदमै संवेदनशील कवि हुन् भन्ने कुराको थाहा लाग्छ जब हजुरहरूले यस कृतिभित्र रहेको चौथो कविता ‘फोटोग्राफी’ पढ्नु हुन्छ। फाटेका लुगा लगाएको, नाङ्गा खुट्टाले हिँडेको, डस्टबिनबाट खाना निकालेर खाँदै गरेका तस्वीरहरू खिचेर फोटोग्राफरले, ती फोटोहरूलाई एक्जीविशनमा सजाएको वेदनाले कवि मनमनै पिल्सिएकी छिन्। दु:खी छिन्। भोकले कसरी जिन्दगीलाई रङ्गहीन बनाइदिन्छ, सानो बोझ बोक्न नसक्ने नानीले भोकको लागि ढुङ्गा बोक्नुपर्ने परिस्थितिले कवि छटपटाएकी छिन्। कवि भन्छिन्-
“यसैले तिमी ‘फोटो अव् द डे‘ नबनाऊ हामीलाई
बरुचाहान्छौ भने समाउन आऊ न हाम्रा कलिला हातहरू
लैजाऊ न बरु अँध्यारोबाट उज्यालोतिर,
कारण, तिम्रा ती सहयोगी हातहरूले
हामीजस्ताको जीवन त सार्थक हुनेछ।” –(फोटोग्राफी)
भाषाको महिमा गाएको यस सङ्ग्रहको दोस्रो कविता नै ‘मातृभाषा’ शीर्षकले भाषाप्रति पनि कवि कति संवेदनशील छिन्, कति माया छ भन्ने कुराको पुष्टि गुञ्जयमान छ। कविलाई विशेष गरी आफ्नो भाषा र संस्कृतिप्रति पूर्णरूपले समर्पित भएको देख्न पाइन्छ।
आफ्नो सांस्कृतिक पहिचान बलियो बनाउन आफ्नो भाषा बोल्नु र लेख्नु आवश्यक छ। आफ्नो मातृभाषाको अध्ययन जारी राख्दा मात्र आफ्नो संस्कृतिको महत्वलाई बुझ्न सकिन्छ भन्दै कवि भन्छिन्-
“मेरो जीवनमा सम्बन्धित यत्रतत्र गाँसिएका
सबै-सबैमा मातृभाषाको लालिमा पाउँछु
माता-पिता, बाजे र बराज्यूले दिएका
दशैंका टीकासँगका आशिषहरू
रोटे पिङ र सिलिपिती खेल्दाको
मज्जाको भाषा।” –( मातृभाषा)
अर्को कविता, “तिम्रो उग्रताको रहस्य के हो?” कवितामा कवि लेख्छिन्- राम्रोसँग विचार गर्नु हो भने वर्तमान मानिस, कुप्रवृत्ति र उग्रताको प्रतीक जस्तो बन्न पुगेको छ। जहाँ हेर्यो उतै, पद र कुर्सीको लागि लुछाचुँडी हुनेगर्छ। माया र करुणाका त अवशेष मात्र रहेका छन्। नकारात्मक भावनाले भरिपूर्ण छन् मान्छेहरू। इमान्दारिता, धैर्यशीलता, सत्यको खोजी, आस्थावान, संस्कारी कम्ति नै छन्।
“पैसाको लागि?
पदको लागि?
आसनको लागि?
गद्दीको लागि?
मुकुटको लागि?
तक्माको लागि?
कि सिंहासनको लागि?
भन के को लागि तिमीले
यो ताण्डव रचिरहेका छौ?”
(तिम्रो उग्रताको रहस्य के हो?)
यो समाजले विभेद गर्दा तेस्रो लिङ्गीहरू मुक्त भएर बाँच्न पाएका छैनन्। चेतनाको अभावले तेस्रो लिङ्गीमाथि हुने विभेदले सहर होस् या गाँउ सबै ठाउँमा यिनीहरूले अपमान झेल्नु परेको छ। विभेदभन्दा सद्भाव र मायाले तेस्रो लिङ्गीलाई हेरिनु पर्ने हो भन्ने कविको भनाई छ। ‘तेस्रो लिङ्गी पनि यही समाजका हाम्रै दाज्यूभाई, दिदीबहिनी हुन्, त्यसैले उनीहरूलाई तिरस्कार होइन आत्मसम्मानका साथ बाँच्न दिनुपर्छ। लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरेर सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि समाजको ध्यानकर्षण गराउने उहाँको प्रयास एकदमै महत्वपूर्ण छ।
“खुलेर हास्न सकुन्, खुलेर बाँच्न सकुन्
भित्रभित्रै अँध्यारोमा आँशु नखसाऊन्
हिँड्नु आफ्नै चालमा
भाव-भङ्गिमा देखाऊन आफ्नै पारामा
उनीहरूको थप्पडी पछाडिका व्यथाहरू
बस्
समाजले स्वीकार्नुपर्यो” – ( तेस्रो लिङ्गी)
लैङ्गिक भेदभाव र परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू अहिले पनि बढी पीडित छन्। कवि भन्छिन्- वर्तमान समयमा पनि आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वन्चित छन्। यौन शोषण लगायत एसिड प्रहारको हिंसाले नारी-छोरीहरू जलिरहेका छन्। रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलाहरूलाई पुरुषले हेपेर आएको छ।
“बन्द हुनुपर्छ… हो, अब यी सबै बन्द हुनुपर्छ
पुरुषवर्गमा सचेतना र सद्बुद्धि आउनैपर्छ
परिवर्तन आउनैपर्छ पुरुषका मनमा
आँखामा, भावनामा
सोचाइमा र कर्महरूमा।” – (आक्रोश नारीहरूको)
कवि पर्यावरणप्रति अत्यन्तै सचेत देखिन्छिन्। कविले यस कवितामा मौरीहरू यस संसारबाट मासिएको घडीमा के हुनेछ त्यो कुरालाई व्यक्त गरेकी छिन्।
मौरीहरूको सङ्ख्या घट्दै गएमा प्राणी र वनस्पति दुवैको विविधता र जनसङ्ख्यालाई धेरै गम्भीर प्रभाव पार्छ। बढ्दो प्रदूषण, औद्योगीकरण आदि कारणले विश्वभरिमै जलवायु परिवर्तन, बढ्दो कीटनाशक विषादीको प्रयोग र तीव्रगतिमा घट्दै गइरहेको वनस्पतिहरूको कारणले मौरीका सबै प्रकारका जाति-प्रजातिहरूको संख्यामा तीव्रतर ह्रास आइरहेको छ। यो ह्रास कुनै एक खास क्षेत्रमा मात्र नभएर विश्वव्यापीरूपमा निकै गम्भीर स्तरमा छ। र वर्तमान यो निक्कै ठुलो चिन्ताको विषय बनेको छ।
आजको मान्छेले अब बुझ्नु नै पर्ने हो, मौरी जोगाउनु भनेको ऊ आफैँ भोकै नमर्नु हो।
“के थाहा छ हामीलाई?
मौरी विलुप्त हुँदैछ बिस्तारै
जीवनदेखि हताशिएर।
याद गर्नु है- मौरी विलुप्त हुनु भनेको,
मानव पनि हराउनु हो।” – (मौरी र मानव)
जातीय विभेद गर्न हुँदैन र गरे दण्डनीय हुने उल्लेख हाम्रो संविधानमा छ। अमेरिकामा पनि कालो जाति माथिको दासत्व अन्त्य भएको सन् १८६३ मा घोषणा गरिएको हो। तर दु:खको कुरो व्यवहारिकतामा त्यो अहिलेसम्म पनि हुन सकेको छैन्। रङ्ग, जात-पात, धर्म, लिंगको आडमा मनोवैज्ञानिक रूपमै विभेद गर्न सानैदेखि यो समाजले सिकाएको छ। जबसम्म समाजमा विभेद रहन्छ तबसम्म आधुनिक समाज निर्माण भएको भन्न सकिँदैन। त्यसैले विकसित लोकतान्त्रिक मान्यतालाई बुझेर बहुजाति, बहुभाषी बहुधार्मिक पहिचानको साझा पहिचान र भेदभाव रहित समाज निर्माणको बाटो तय गर्नु आवश्यक देखिएको छ। यस कुराको चेतना सबैमा आओस् भन्ने कुराको पुष्टि यसरी गरेकी छिन् कविले-
“बहुजाति, बहुभाषी, बहुसंस्कृति हाम्रो
तर उस्तै मुटु, उस्तै धड्कन, उस्तै रगत हाम्रो
कसैमाथि भेदभाव नहोस्
कोही पनि अछुत नहोस्
सबैको रगत रातो हुन्छ
म वर्षौँदेखि खोज्दैछु
अछुत रगतको रङ्ग कस्तो हुन्छ?”
–(अछुत रगतको रङ्ग कस्तो हुन्छ?)
प्रगतिशील र स्वच्छन्दतावाद:
साहित्यले जीवनको कलात्मकताको सिर्जना गर्छ। यसमा स्रष्टाको विचार, अनुभव, जीवन एवं साहित्यिक मूल्य सबै विद्यमान रहन्छन्। प्रस्तुत कविता सङ्ग्रहका एक एक कविता पढ्दै जाँदा यस सङ्कलनकी कविलाई सामाजिक प्रगतिशील र स्वच्छन्दतावादी कवि हुन् भन्न सकिन्छ। किनकि सामाजिक यथार्थवादले समाज विकासको आधारभूत जीवन सत्यको अन्वेषण गर्छ। जीवन जिउनमा प्रेरित गर्दछ। खरसाङकी कवि देविका मंग्राती राईका यस कृतिमा समावेश गरिएका कविताहरूले पनि समसामयिक चेतनाको पुस्टि गरेका छन्। कवितामा समयको सचेतना स्वर रहेको छ। गोर्खाको सङ्घर्ष र बलिदानी गाथालाई, ‘हामी गोर्खा हौँ’, ‘दार्जीलिङ सोद्धैछ’, ‘सेतो सुनाखरी’ कविता मार्फत व्यक्त गरेकी छिन्। नानीहरूको मानसिक परिस्थितिलाई व्यक्त गर्न ‘विद्यार्थीको गथासो’, ‘मनोविज्ञान’ रचेकी छिन्। ‘आमा नहुनुको क्षण’, र ‘हजुरआमा’ कवितामा ममत्वमा डुबेकी छिन्। प्राकृतिक सुन्दरताको वर्णन गर्दै, ‘असम’, ‘पर्खनु मात्र पर्छ’ लेखेकी छिन्। आदिकवि भानुभक्तको गुणगानमा ‘भानु – नअस्ताउने सूर्य’ रचेकी छिन्। समाजलाई सवल बनाउनु स्रष्टाले मानवीय मूल्य बुझेकी हुनाले सामाजिक परिवेश र सामाजिक न्यायका लागि उनको लेखनमा इमानदारिता झल्किएको छ।
शीर्षक:
हाम्रो समाजमा दलित–गैरदलित, लैङ्गिक अल्पसंख्यक जस्ता विभिन्न समूहका बिच असमानताको खाल्डो खनेर शारीरिक, मानसिक र सामाजिक लगायत विभिन्न किसिमले विभेद गरिएको छ, प्रभावित पारिएको छ। यस्तो अवस्थामा बाँचेका हामी सबैको लागि शान्तिको कामना गर्दै फागुनलाई शान्तिको प्रतीक बनाएर कविले यो कृतिको शीर्षक “फागुन! तिमी फर्किआउनु” राखेकी छिन् र यो शीर्षकको कवितामा कवि यसरी शान्ति र समृद्धिको लागि गुहार लगाउँछिन्-
“म, तिमी, हामी सबै-सबैलाई
रङ्गाउनु, नयाँ सूर्य भएर
पृथ्वीको परिक्रमा चाँडो गराउनु र
आउनु!! विश्वास र भरोसा बोकेर
आउनु नै!! आउनु!! पक्का आएर
बसिरहनु बसिरहनु शान्तिसित।”
–(फागुन! तिमी फर्किआउनु)
भाषाशैली :
साहित्य लेखनको क्रममा भाषाशैलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। भाषा आफ्नो विचार आदान प्रदान गर्ने एउटा सशक्त माध्यम हो भने शैली अभिव्यक्ति दर्शाउने एक शसक्त प्रकार हो। कवितामा भाषा र भावनाको साथै लेखन शैलीको अभिव्यक्ति पनि दमदार हुनुपर्छ। कवितामा कवितात्मक शैली व्यक्त हुनुपर्छ। सरल, आलङ्कारिक, नाटकीय, वर्णनात्मक आदि शैलीका कविताहरू कविहरूले आफ्नो सिर्जनामा प्रयोग गर्छन्। यस सङ्ग्रहमा सङ्कलित कविताहरूको भाषा सुन्दर छ तर शैली भनौँ या कलापक्ष भनौँ, यी दुवै सरल र वर्णनात्मक देखिन्छन्।
उपसंहार:
समयसापेक्ष अभिव्यक्तिले युगको प्रतिनिधित्व गर्दछ त्यसैले भनिन्छ, साहित्यमा समय बोल्न सक्नुपर्छ। देविका मंग्राती राईका कविताहरूमा समय बोलेको छ। समसामयिक धारमा देखापरेका समस्याहरूलाई विषयवस्तु बनाएर लेखिएका धेरैजसो कविता यस कवितासङ्ग्रहभित्र सङ्कलित छन्। गोर्खाली समाजको प्रतिविम्बन एकदमै राम्रोसँग झल्किएको छ कविताहरूमा। कविले समाजको वास्तविक धरातललाई कवितामा प्रष्ट देखाउन सक्षम भएकी छिन्। यो समाजको विकृत र विसङ्गत पक्षलाई उदाङ्गो पारेकी छिन्। मूलतः प्रगतिशील विचार बोकेको, समानता तथा न्यायको वकालत गरिएको, राष्ट्रप्रेम मुखरित भएको, पर्यावरण चेतले सशक्त “फागुन! तिमी फर्किआउनु” कविता सङ्ग्रहको लागि देविका मंग्राती राईलाई हार्दिक बधाई तथा हार्दिक मङ्गलमय शुभकामना।
अनुपमा कट्टेल