मन्दिरका साथै किराना दाेकानमा भीषण चोरी

IMG-20230213-WA0119.jpg

मालदा: पुरानो मालदा नगरपालिकाको आदर्शपल्ली घोष पाडा क्षेत्रमा दुई मन्दिर र किराना दाेकानमा भएको दुस्साहस चोरीको घटनाले निकै हलचल मच्चाएको छ। सोमबार बिहान चोरी भएको यो घटना स्थानीयवासीले थाहा पाए पछि सम्पूर्ण इलाकामा त्रास फैलिएको छ। घटनाको जानकारी पाउनासाथ पुरानो मालदा थानाको पुलिस घटनाको अनुसन्धान गर्न पुग्यो।स्थानीय स्रोतका अनुसार पुरानो मालदा नगरपालिकाको वार्ड नं. १५ को मंगलबाडी आदर्शपल्ली घोषपाडा क्षेत्रमा एक दिनअघि दुईवटा मन्दिरमा चोरी भएको थियो। यही दिन राति यस क्षेत्रकै एउटा किराना दाेकानमा चोरी भयाे। लुटेराहरूले किराना दाेकानको टिन तोडेर दाेकानबाट ल्यापटप, प्रिन्टर, ताेरी तेलको टिनसहित २० हजार रुपैयाँ नगद चोरेर फरार भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement