नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ८२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८४,२०० पुगेकाे छ। हालसम्म देशमा काेराेनाले मृत्यु हुनेको संख्या तीनले बढेर ५,३०,७५३ पुगेकाे छ, जासमा उत्तर प्रदेशबाट दुईजना र पश्चिम बंगालबाट एक जना रहेको छ। यसरी नै यस अवधिमा ८५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५१,६१० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,८३७ रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.१४ प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.०९ प्रतिशत रहेकाे छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ५९,०३७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,७०,१३,३७१ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,४७६ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६२,९८,१०१ जनाले यो खोप लगाइसकेको छन्।