दार्जीलिङ: राङबाङ बस्तीमा बाटोको खन्ने कार्य साथै लामे डाँडा खेल मैदानको जीर्णद्वार कार्य हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्सको पहलमा शुरु भएको छl अप्पर लामा डाँडाको वार्ड नम्बर ४ अन्तर्गत राङबाङ बस्तीमा अजय एडवार्डसको पहलमा बाटोको खन्ने कार्य साथै लामे डाँडा खेल मैदान जीर्णद्वार गरिएको हुनाले स्थानीय बासिन्दाहरूले हर्ष प्रकट गरेका छन्। दार्जीलिङ पार्वतीय क्षेत्रमा धेरै राजनैतिक दलहरू गठन भए अनि धेरै नेताहरू पनि जन्मिए, तर आजसम्म कुनै राजनैतिक पार्टी र नेताहरूको नजर राङबाङ,लामे डाँडा गाउँहरूमा पुग्न सकेको थिएन भन्ने स्थानीय गाउँलेहरूको भनाइ छ।
अजय एडवार्डसको भ्रमण हुँदा स्थानीय मानिसहरूले गाउँसम्म पूग्ने बाटोको खन्ने कार्य गरी दिने निवेदन गरेका थिएlसो निवेदनअनुसार राङबाङ बस्तीको भिरालो ठाउँमा अजय एडवार्डसले बाटो खनन कार्य शुरू गरिदिएको उनीहरुले बताएका छन्l राङबाङ बस्तीको भिरालो स्थानहरूमा बाटो खन्ने कार्य भएपछि स्थानीय बासिन्दाहरूले हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डस र महासचिव फुर्तेम्बा भोटियाप्रति आभार प्रकट गरेका छन्। त्यसरी नै लामे गाउँको सर्वजनिक खेल मैदानको मरम्मत कार्यहरू नभएको हुनाले कुनै प्रकारको टुर्नामेन्टहरू आयोजना गर्न धेरै समस्याहरू भई रहेको थियो, यस विषयमाथि पनि स्थानीय गाउँलेहरूले अजय एडवार्डस समक्ष जीर्णद्वारको कार्य गरिदिने अनुरोध गरेका थिएl यसको लागि पनि स्थानीय बासिन्दाहरूले अजय एडवडर्सप्रति आभार प्रकट गरेका छन्।