गायिका सज्जा चौलागाईंको ‘तिमीसँग’ सार्वजनिक

00-1-sajja-4

काठमाडौं: गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। गीतमा पेम्बा छिरिङ तामाङको सङ्गीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङ र मास्टरिङ रहेको छ। प्रशंसा रायमाझी निर्देशित भिडियोमा सज्जाको सोलो अभिनय छ। भिडियोमा घोङबाको छायांकन, सम्पादन र कलर, हिना थापा मगरको मेकअप, सुजनी डिजाइन (सुजनी ठकुरी)को ड्रेस छ। भिडियो गायिका सज्जाकै अफिसियल युट्युब च्यानल सज्जा चौलागाईंबाट सार्वजनिक गरिएको हो।

About Author

Advertisement