आफ्नो सुरक्षा गार्ड हटाउन जीटीए प्रशासन कोलकाता पुगेको विमल गुरुङको आरोप   

00-1-GJMM

टीआरआई समाचार

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का अध्यक्ष विमल गुरुङले वर्तमान जीटीएको प्रशासनमाथि आफ्नो सुरक्षा गार्डहरू हटाउने कार्य गरेको आरोप लगाएका छन्l यस्तो आरोप लगाउँदै उनले भने, ‘अहिलेको जीटीएको प्रशासनले मेरो सुरक्षा गार्डहरू हटाउन कोलकोतामा गएर मुख्यमन्त्रीसित कुरा गर्नु लाजमर्दो कुरा होl दिल्ली र कोलकातामा गएर विकासको प्याकेजहरू लिएर आउनुपर्ने हो, तर विमल गुरुङको गार्डहरू हटाउन कोलकोता पुगेर आउँछl’ आइतबार (१२ फरवरी) गोजमुमो खरसाङ महकुमा समितिद्वारा आयोजना गरिएको पार्टीका कार्यकर्ताहरूको सभामा भाग लिन खरसाङ आएका गोजमुमो अध्यक्ष विमल गुरुङले सभापछि पत्रकारहरूसित कुराकानी गर्दै यसो भनेका हुन्l

पार्टीको सांगठनिक गतिविधि बढाउन साथै खरसाङमा संगठन कमजोर भएको हुनाले आफू खरसाङमा आएको उनले बताएका छन्। उनले खरसाङमा पार्टीको सांगठनिक गतिविधि बढाउन साथै गाउँ-घरमा पनि संगठन विस्तार गर्न खरसाङ आएको बताएl आउँदो नगरपालिका चुनाव र पञ्चायत चुनावलाई मध्य नजर राख्दै पार्टीको सांगठनिक धरातल बलियो बनाउन आफू पार्टीको सभामा भाग लिन खरसाङ आएको उनको भनाइ छ। विमल गुरुङले भने, ‘हाम्रो नेशनल कमिटीले काम गरिहेको छl आउँदो दिनमा यस कमिटीले के कस्तो कार्यहरू गर्नुपर्छ त्यसको भावी रणनीति  विषयमा पनि छलफल गरिएको छ। अब हाम्रो कार्यक्रम दार्जीलिङमुखी होइन दिल्लीमुखी कार्यक्रम हुनेछ। अब पहाड़मा जुलुस र बन्द गरेर केही फाइदा छैन बरू दार्जीलिङ, कालेबुङतिर जनसभाहरू आयोजना गरिनेछl’ विकासको सिलसिलामा उनले भने, ‘पहाड़मा विकास गर्नु ठीकै हो। हामी पनि विकासको पक्षमा नै छौं। हामी विकास रोक्नु भन्दैनौं, तर विकासको नाममा ठूलो मागीखाने भाँड़ा बनाएर हुँदैन अनि हामीले गरिरहेको कामप्रति पनि षड़यन्त्र नहोस्। विकास त सरकारले गर्छ नै अनि जनताले चुनेपछि विकास त गर्नुपर्छl’

पर्जापट्टाको बारेमा सोधिएको प्रश्नको जवाफमा विमल गुरुङले भने, ‘अहिले पर्जापट्टा दिने जुन काम भइरहेको छ हामी भिखारी होइनौं, हाम्रो आफ्नै जमीन हो, हामी मालिक हौं,  हाम्रो जमीन हामी छोड्नु सक्दैनौं। यो शरणार्थी पर्जापट्टा विषयमा बेसी राजनीति नहोस्। हामीले भारतमा आफ्नै राज्य होस् भन्ने चाहेको होl’ गोजमुमो खरसाङ महकुमा समितिको आयोजनामा सम्पन्न भएको कार्यकर्ताको सभामा गोजमुमो अध्यक्ष विमल गुरुङलगायत पार्टी शीर्ष नेतृत्वहरू विमल दर्जी, शरण देवान, तिलक गुरुङ, रोहित स्याङ्बो, प्रदीप मगर, विकास खवास, एमडी राई साथै अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement