जीटीएले गोर्खाहरूलाई जातीय चिन्हारी दिनु सक्दैन: अजय एडवार्डस

00-1-HP

दार्जीलिङ: जीटीएले गोर्खाहरूको जातीय सुरक्षा प्रदान गर्न सक्दैन भन्ने कुरा हाम्रो पार्टीका  अध्यक्ष अजय एडवार्डसले उठाएका छन्। हाम्रो पार्टीले संगठनिक विस्तारलाई तीव्रता दिने काम गर्दै आइरहेको छ। यसैक्रममा आज हाम्रो पार्टीले खरसाङ महकुमा समितिमा ब्रान्च कमिटी गठन गरेको छ। जसमा आल्फेट तामाङलाई अध्यक्ष चयन गरिएको छl त्यसरी नै उपाध्यक्ष रिन्जेन तामाङ, तारा योन्जन,सचिव विमल तामाङ, कोषाध्यक्ष सुरक्षा शर्मा, सतिका प्रधान, प्रवक्ता वीरेन्द्र शर्मा र भवेश रोकालगायत ५० जनाको कमिटी गठन गरिएको छ। अध्यक्ष अजय एडवार्डस, रितेश पोर्तेल, सभासद प्रीतम सुब्बा, सभासद सन्नी बम्जन, सभासद जितेन राई, नगरपार्षद मणि लामा, नगरपार्षद गोपाल परियार आदि उपस्थित थिएl सभाको अध्यक्षता पूर्ण बाहादुर तामाङले गरेका थिए।

हाम्रो पार्टीले मिरिक महकुमा समिति, दार्जीलिङ सदर महकुमा समिति अनि कालेबुङ जिल्लामा पनि ब्रान्च कमिटीहरू गठन गर्ने अजय एडवार्डसले बताए। भारतीय जनता पार्टीले गोर्खाहरूको दीर्धकालीन समस्याहरूलाई स्थायी राजनैतिक समाधान  गर्ने वचन दिएको १४ वर्ष नाघिसकेको उनले बताए। उनले भने, ‘केन्द्रको भाजपा बहुमत सरकारको कार्यकाल पूरा हुन अब केवल १२ महिना बाँकी छ। यतिका वर्षहरू बितिसक्दा पनि भारतीय जनता पार्टीले गोर्खाहरूलाई दिएको वचन पूरा गरेको छैनl’ भावी कार्यक्रम एंव रणनीतिहरू माथि विचार विमर्श गर्दै आइरहेको अजय एडवार्डसले बताए। तराई-डुवर्स आदि क्षेत्रहरूमा पनि हाम्रो पार्टीको  संगठन विस्तारको कार्यलाई तीव्र रूप दिँदै आइरहेको उनको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement