राज्यपालसित मणिपुरको २० सदस्यीय टोलीको भेट

dddd

गान्तोकः सिक्किमका राज्यपाल गंगा प्रसादसँग आज राजभवन परिसरमा अपरेशन सद्भावना २०२२-२३ अन्तर्गत मेजर कुणाल ब्यानर्जीको नेतृत्वमा ‘जैविक खेती शिक्षण यात्रा’ को निम्ति १५ असम राइफल, साजिक तंपक बटालियन, मणिपुरको २० सदस्यीय टोलीले भेट गऱ्यो।

यस यात्राको विशेष उद्देश्य सिक्किममा प्रचलित जैविक खेतीको विभिन्न तकनीकबारे जानकारी लिनु र त्यसलाई प्रयोगमा ल्याउनु रहेको छ। यसावधि टोलीले आईसीएआर तथा कृषि भवनको पनि भ्रमण गरेको छ। राज्यपालले मणिपुरबाट आएको टोलीसँग भेटमा प्रसन्नता व्यक्त गर्दै भने, सिक्किमको जैविक खेतीको चर्चा विश्वमा भइरहेको छ। रासायनिक मल प्रतिबन्ध र जैविक मलको प्रयोगले भूमिको उर्वरता बढ्छ र स्वास्थ्यको दृष्टिले लाभदायक हुन्छ। उनले पहाँ प्रचलित पद्धतिहरूबाट प्राप्त ज्ञानलाई प्रयोगमा ल्याउन बल दिए। राज्यपालले जैविक खेतीसित सम्बन्धित ज्ञानलाई प्रयोगमा ल्याउँदै स्वास्थ्यप्रति जागरूक बन्ने तथा आफ्नो प्रदेश र देशलाई पनि लाभान्वित तुल्याउने छन्‌ भनी विश्वास व्यक्त गरे। उल्लेखनीय छ, राज्यपाल गंगा प्रसादले २०२१ मा मणिपुरको पनि अतिरिक्त राज्यपालको जिम्मेवारी निर्वाह गरेका थिए।

About Author

Advertisement