नागरिक कल्याण कार्यक्रम अन्तर्गत मोबाइल मर्मत तालिम कार्यक्रम सुरु

0272dfd3-fe7d-4b82-9896-d49167f74298

कालचिनीः सशस्त्र सीमा बल ५३ वाहिनी सिमलाबारी-फालाकाटा मुख्यालयको सौजन्यमा सुन्तलाबारी बीओपी क्षेत्रका गाउँले बेरोजगार युवा युवतीहरुको निम्ति आजदेखि निःशुल्क मोबाइल रेपेयरिङको प्रशिक्षण शुरु गरीएको जानकारी ससस्त्र सीमा बल ५३ वाहिनी सुत्रले दिएका छन। नागरिक कल्याण कार्यक्रम अन्तर्गत सुन्तलाबारी सामुदायिक हलमा जम्मा २५ जना प्रशिक्षणार्थीलाई ३० दिनको मोबाइल रिपेयरिङ तालिम सुरु गरीएको अवसरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कार्यवाहक कमाण्डेन्ट धीरज कुमार, डेपुटी कमाण्डेन्ट सौमेन रोय, सुन्तलाबारी बीओपीका इन्चार्ज योगेश सार्की र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अन्यान्य अतिथिहरूमा बक्सा रेन्ज अफिसर, विद्यालयका प्रधानाध्यापक र शिक्षक तथा पञ्चायत सदस्य एवम् अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। यसअघि सशस्त्र सीमा बलको ५३ वाहिनीले सीमा नाका रङ्गामाटीको पाना गाउँमा सौन्दर्य तालिम प्रशिक्षण सञ्चालन गरेको थियो। यो बर्ष मानव तथा पशु कल्याणका विभिन्न कार्यक्रमहरू साथै सचेतना शिविर, तालिम कार्यक्रम (ब्युटिशियन, टेलरिङ तालिम, कम्प्युटर र मोबाइल मर्मत र खेलकुद सामग्री वितरण र स्वास्थ्य शिविर आदि कार्यक्रमहरू रहेको एसएसबी सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement