पहिलो गोर्खे चेली महिला फूटबल शुरुः डुवर्स फूटबल एकाडमी विजयी

IMG_20230208_185617.jpg

८ फरवरीः खरसाङ फुटबल एसोसिएसन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खे चेली महिला आमन्त्रणी नक् आउट फुटबल प्रतियोगितामा डुवर्स फूटबल एकाडमीले सेमिफाइनलमा स्थान बनायो। बुधवार चानमारी खेल मैदानमा खेलिएको म्याचमा डुवर्स फूटबल एकाडमीले खरसाङको हिमालयन फूटबल क्लबलाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट झुनु रोय, आकृति शेर्पा र कबिता सोरेनले २-२ गोल गरिन्। यसरी नै हिमालयन एफसी-बाट प्रतिज्ञा छेत्रीले गोल गरिन्।

म्याच हारे पनि हिमालयन एफसी-की आइमित लेप्चालाई स्टार अव् द म्याच चयन गरियो। उनलाई केएफए-का उपाध्यक्ष अर्जुन शर्माको बाहुलीबाट पुरस्कार प्रदान गरियो। आजको म्याचमा अतिथिको रूपमा खरसाङ गोर्खा पार्वत्य खेलकुद संघका सचिव निर्मल गुरुङ, सदस्य मोहन राई, समाजसेवी आरबी लामा, भीम लामा, रेड रोज युथ क्लबका सचिव सुबोध शर्मासहित अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement