रङ्मुक सिडर्स पान्दाम रागेरुङ अनि आलुबारी चियाबगानको संकट जस्ताको त्यस्तै

IMG_20230208_130617.jpg

दार्जीलिङ: विगतका वर्षमा बन्सल अधिनस्त चियाबगानहरुको अवस्था बगान बन्दकाे कारण एकदमै दयनीय बन्दै गइरहको अवस्था थियो तथापि जीटीए चुनाउ पछि भागाेप्रमोले जीत हासिल गरे पश्चात् अनीत थापा ले उक्त बगानहरु खोले। तरआज यि चियाकमानहरू मध्ये रङ्मुक सिडर्स पान्दाम रागेरुङ अनि आलुबारी चियाबगानको संकट जस्ताको त्यस्तै बन्न पुगेको छ। आज़ भारतीय मजदुर संघ (बिसिएमएस) का महासचिव प्रणय शेर्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त बगानहरुको यो अवस्था हुनमा भागाेप्रमो काे मुख्य भूमिका रहेको जनाएका छन्। यी बगानहरु खोल्न अघि लालकोठीमा अबैध्य अनि गैरकानुनी ढंगले बगान मालिकहरुसँग गरेको साथै श्रीनारायणी कम्पनी सँगको सम्झौताको परिणामले आज यो अवस्था भएको हो भन्दै यस्को दायी भागोप्रमाे भएको आरोप उनले लगाएका छन्। सम्पूर्ण बगानहरुको उक्त गाडे घाउ कोअवस्थालाई त्रीस्तरीय सभामा फैसला गरेर मात्र समाधान निस्कने साथै सम्पूर्ण श्रमिक हितका लागि गठन भएका संगठनहरु एकै मञ्चमा आएर यसको पूर्ण रूपमा दीर्घकालीन समाधान गर्न उनले आग्रह समेत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement