टर्की-सिरिया भूकम्प: ९ हजार नजिक पुग्यो मृत्यु हुनेको संख्या

फोटो स्रोत: सोसियल मिडिया

टर्की र सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या ८ हजार ७०० भन्दा बढी पुगेको छ। मृतकहरूको संख्या अझै बढ्ने अनुमान गरिएको छ। टर्कीको आपदा एजेन्सीका अनुसार टर्कीमा कुल मृत्यु हुनेको संख्या ६ हजार २३४ पुगेको छ। सिरियाली स्वास्थ्य मन्त्रीले सिरियामा मृत्यु हुनेको संख्या पुष्टि गर्न गाह्रो भएको बताए। तर, स्थानीय सञ्चारमाध्यम र उद्धार समूहले २ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन्। सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा १२ सय ५० जनाको मृत्यु भएको छ।

फोटो स्रोत: सोसियल मिडिया

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र ह्वाइट हेल्मेटले मृत्यु हुनेको संख्या १२८० नाघेको बताएको छ। उद्धारकर्ताहरूले दक्षिणी टर्की र उत्तरी सिरियामा मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छन्। उनीहरुसँगै पीडित परिवार पनि उद्धारमा जुटेका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन्। यो आपतकाल तीन महिनाको लागि हुनेछ।

About Author

Advertisement