चयन समितिमा नाम आएपछि पाकिस्तानका कामरान अकमलले लिए सन्न्यास

IMG-20230208-WA0010.jpg

८ फरवरीः पाकिस्तानका विकेटकीपर-ब्याटर कामराम अकमलले राष्ट्रिय चयन समितिमा नाम आएपछि क्रिकेटको सबै प्रारूपबाट सन्न्यासको घोषणा गरे। कामरानले बताएअनुसार, कोचिंगलाई एउटा पेशाको रूपमा अप्नाइसकेको हुनाले उनले खेलको सबै प्रारूपबाट तत्काल प्रभावको साथ सन्न्यास लिएका हुन्। उनले भने, कोचिंगमा आएपछि अनि राष्ट्रिय चयनकर्ता हनेपछि तपाईंले खेल्नुमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्दैन। कामरानले २०१७-सम्म पाकिस्तानको निम्ति २६८ वटा अन्तर्राष्ट्रिय म्याच खेले। पाकिस्तान सुपर लीगको फ्रेञ्चाइजी पेशावर जालमीले कामरानलाई आठौं सीजनमा टीमबाट हटाएको थियो। त्यसपछि टीमले यस विकेटकीपरलाई आफ्नो कोचिंग स्टाफमा सामेल गरेको थियो। कामरान पाकिस्तानका कप्तान बाबर आजमको सम्बन्धले दाजु हुन्। कामरानले बताएअनुसार, क्रिकेट कौशलले गर्दा उनको मनमा बाबरको निम्ति सम्मान रहेको छ। उनले भने, बाबर यस खेलका महान ब्याटरहरूमा एक हुन्। चयनकर्ताको रूपमा मेरो काम अनि जालमीमा प्रशिक्षकको रूपमा उनलाई कप्तान अनि ब्याटरको रूपमा सुधार ल्याउनमा सहायता गर्नु हो। त्यसै त उनको ब्याटिंगमा कुनै कमी छैन। यो कुरा हामीले यतिका सालहरूमा देखिसकेका छौं। यसको साथमा कामरानले आफ्नो भाई उमर अकमलबारे भने, राष्ट्रिय टीममा स्थान बनाउन उनले लगातार असल प्रदर्शन गर्नको साथै आफ्नो फिटनेस साबित गर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement