डब्ल्यूपीएल-को लिलामीमा ४०९ जना खेलाड़ी ओर्लिने, बेस प्राइस सार्वजनिक

IMG-20230208-WA0007.jpg

८ फरवरीः हरमनप्रीत कौर, स्मृति मन्धना, एलिसा हीली र सोफी एक्लेस्टोन जस्ता दिग्गजहरूले महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-को निम्ति १३ फरवरीमा हुने खेलाड़ीहरूका लिलामीको निम्ति आफूलाई ५० लाख रुपियाँको सर्वाधिक रकम भएको श्रेणीमा राखेकी छन्। यस लिलामीमा पाँच फ्रेञ्चाइजी टीमहरूले मिलेर जम्मा ९० जना खेलाड़ीको निम्ति सफल बोली लगाउन सक्नेछ। यस लिलामीको निम्ति ४०९ जना खेलाड़ीको अन्तिम सूची जारी गरिएको छ। इण्डियन प्रीमियर लीग (आईपीएल)-का अध्यक्ष अरुण धूमलले सोमवार लीगका सबै २२ वटा म्याच ४-देखि २२ मार्चसम्म मुम्बईमा हुने जानकारी दिएका छन्। लिलामीको निम्ति जारी सूचीमा सामेल ४०९ जना खेलाड़ीहरूमा २४६ जना भारतीय र १६३ जना विदेशी छन्। यसमा आठजना खेलाड़ी एसोसिएट देशबाट छन्। यी खेलाड़ीहरूमा २०२ जनाले राष्ट्रिय टीमको प्रतिनिधित्व गरेकी छन्। यस सूचीमा २४ जना खेलाड़ीले आफूलाई ५० लाख रुपियाँको सर्वोच्च रकम भएको श्रेणीमा राखेकी छन्। यसरी नै ३८ जना खेलाड़ी ४० लाख रुपियाँको श्रेणीमा रहेकी छन्। भारतीय कप्तान हरमनप्रीत कौर, ओपनर स्मृति मन्धना, अष्ट्रेलियाकी दिग्गज हिली र ईंग्ल्याण्डकी शीर्ष स्पिनर एक्लेस्टोन बाहेक हालै अण्डर-१९ वर्ल्ड कप विजेता कप्तान शेफाली वर्मा, दीप्ति शर्मा, स्नेह राणा, जेमिमा रोड्रिग्स, ईंग्ल्याण्डकी नेट साइवर, अष्ट्रेलियाकी कप्तान मेग लेनिंगले स्वयंलाई ५० लाख रुपियाँको शीर्ष श्रेणीमा राखेकी छन्। दक्षिण अफ्रिकामा हालै अण्डर-१९ वर्ल्ड कपको खिताब जित्ने भारतीय टीमका युवा खेलाड़ीहरूले पनि लिलामीमा हिस्सा लिनेछिन्। यसमा पार्शवी चोपड़ा, अर्चना देवी, टिटास साधु, श्वेता सहरावत र मन्नत कश्यप (सबै १० लाख रुपियाँको श्रेणीमा) सामेल छिन्।
भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-द्वारा जारी विज्ञप्तिमा भनिएको छ, महिला प्रीमियर लीगको लिलामी मुम्बईको जियो वर्ल्ड कन्वेन्शन सेण्टरमा १३ फरवरी २०२३-मा हुनेछ। यसको निम्ति ४०९ जना खेलाड़ीहरूकी सूची जारी गरिएको छ। महिला प्रीमियर लीगको शुरुवाती सीजनको लिलामीको निम्ति जम्मा १५२५ खेलाड़ीहरूले पञ्जीकरण गराएकी थिइन् अनि अन्तिम सूचीमा ४०८ जना खेलाड़ीलाई स्थान दिइयो। लिलामी दिउँसो २:३० बजीदेखि शुरु हुनेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले पाँचवटा टीमको बोलीमा ४६६९.९९ करोड़ रुपियाँ हासिल गरेपछि यस लीगको प्रसारण अधिकार ९५१ करोड़ रुपियाँमा बेचेको थियो। यसको साथै डब्ल्यूपीएल पुरुषहरूका आईपीएलपछि विश्वको दोस्रो सबैभन्दा ठूलो टी२० लीग बनेको थियो। मुम्बई इण्डियन्स, रोयल च्यालेञ्जर्स बेंगलोर र दिल्ली क्यापिटल्स जस्ता आईपीएल टीमहरू बाहेक केपरी ग्लोबल होल्डिंग्स (लखनऊ) र अडानी स्पोर्टलाइनले डब्ल्यूपीएलको निम्ति फ्रेञ्चाइजी टीम खरीद गऱ्यो। लिलामीमा हरेक टीमले खेलाड़ीहरूमाथि १२ करोड़ रुपियाँ खर्च गर्न सक्नेछ। टीमहरूले कम्तीमा १५ अनि अधिकतम् १८ जना खेलाड़ीको निम्ति सफल बोली लगाउनु पर्नेछ।

About Author

Advertisement