सातदिने फूटबल रेफरी कार्यशाला शुरु

IMG-20230208-WA0004.jpg

८ फरवरीः खरसाङ फूटबल एसोसिएसन (केएफए) अनि युवा एवम् खेलकुद विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) -को संयुक्त आयोजन अनि कलकत्ता रेफेरीस एसोसिएसनको मार्गदर्शनमा मंगलवारदेखि स्थानीय स्नो भ्यू, क्याम्प साइड, खरसाङमा सातदिने फूटबल रेफरी कार्यशाला शुरु भयो। उदघाटन समारोहमा मुख्य अतिथिको रूपमा युवा अनि खेलकुद कार्यकारिणी सभासद नवराज छेत्री अनि पेमेन्द्र गुरुङ उपस्थित थिए। यसको साथमा कलकत्ता रेफरीस एसोसिएसनका (सीआरए)-का प्रशिक्षकहरु, सीआरए सचिव, पूर्व फीफा रेफरी साथै अल इण्डिया फूटबल फेडरेशनका फिटनेस इन्स्ट्रक्टर उड्डयन हल्दार, पूर्व राष्ट्रिय रेफरी, एआइएफएफ इन्स्ट्रक्टर साथै सीआरए कोअर्डिनेटर तुसार कान्ति गुहा, पूर्व राष्ट्रिय रेफरी, एआइएफएफ इन्स्ट्रक्टर साथै सीआरए-का कोषाध्यक्ष अजित दत्त, पूर्व फीफा रेफरी मोनिका जाना अनि सी आरए रेफरी मन्जिरा खातून उपस्थित थिए।

यस कार्यशालामा खरसाङ, दार्जिलिङ अनि कालेबुङ क्षेत्रबाट जम्मा २४ जनाले भाग लिएका छ्न।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement