मंगनमा बाल कल्याण संरक्षण समितिको बैठक

IMG_20230206_234242.jpg

गान्तोक: जिल्ला बाल कल्याण तथा संरक्षण समिति र जिल्ला निरीक्षण समिति मंगन जिल्लाको पहिलो जिल्लास्तरीय समन्वय बैठक आज जिल्ला पुलिस कार्यालय पेन्टोकमा सम्पन्न भयो। बैठक बाल विकास विभाग वात्सल्य जिल्ला बाल संरक्षण एकाई मंगन जिल्लाले आयोजना गरेको हो। बैठकको अध्यक्षता उत्तर जिल्ला जिल्लापाल तथा जिल्ला बाल कल्याण तथा संरक्षण समितिका अध्यक्ष हेमकुमार छेत्रीको अध्यक्षतामा भएको हो। बैठकमा अतिरिक्त जिल्लापाल, डीपीओ र डीसीडब्ल्यूपीसीका सबै समिति सदस्यहरूको उपस्थिति रहेको थियो। जिल्लापाल हेमकुमार छेत्रीले सबै सदस्यहरूसँग छलफल गरे जहाँ उनीहरूले आ-आफ्नो विचार राखे र तत्काल कार्यवाही आवश्यक पर्ने मामिलाहरू प्रकाश पारे। जन्मदर्ताको महत्वबारे पनि छलफल भएको थियो। सम्बोधन गर्दै जिल्लापालले जिल्लामा बाल संरक्षण संयन्त्रको बारेमा प्रस्तुति दिए। बालबालिकाको केयर र संरक्षण ऐन २०२१ पुनर्स्थापना सेवा, पालनपोषण स्वीकृति समिति, वात्सल्य सदर आर्थिक वर्ष २०२२-२३ मा प्रस्तावित विशेष बच्चाहरुको लागी नियमन २०२३ को बारेमा छोटकरीमा छलफल गरियो। उनले जिल्लामा ऐन कार्यान्वयन गर्न जारी रहेका जारी मुद्दाहरूबारे पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement