एनडीआरएफद्वारा सचेतना कार्यक्रम आयोजित

IMG-20230206-WA0015.jpg

पाकिम: पाकिमस्थित सिभिल डिफेन्स इन्स्टिच्युट भवनमा तैनाथ राष्ट्रिय आपदा प्रबन्धन बल (एनडीआरएफ)-को दोस्रो बटालियनले आज प्राकृतिक प्रकोपसँग जुझ्न सचेतना कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा राज्यका भू-कर एवं आपदा प्रबन्धन विभागीय सचिव अनिल राज राई, पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चा, मुख्यालयका महकुमा अधिकारी थेण्डुप लेप्चा, महकुमा अधिकारी छिरिङ नोर्ग्याल थिङ लगायत जिल्लापाल कार्यालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आरसीसी पाकिमका टीम कमाण्डर स्नेहाशीष करले राष्ट्रिय आपदा प्रबन्धन बलको संक्षिप्त इतिहासबारे प्रकाश पारे। पाकिममा राष्ट्रिय आपदा प्रबन्धन बललाई २०१६-मा विभिन्न प्राकृतिक प्रकोपहरूको सामना गर्न विशेष गरी २९ उद्धारकर्ताहरूको कूल संख्यामा तैनाथ गरिएको टीम कमाण्डर करले जानकारी गराए। उनले उक्त अवस्थामा उद्धारकर्ताहरूलाई परिचालन गर्ने र विपद्को सामना गर्ने उपायबारे पनि जानकारी दिए। कार्यक्रमपछि उपकरणहरूको प्रदर्शन गरियो। तत्काल तैनाथ एण्टिना, क्यूडीए जसमा एयरलिफ्टिङ ब्याग अनि डोरीमार्फत बचाउ कौशलको प्रदर्शन गरियो।

About Author

Advertisement