भागोप्रमो प्रार्थी श्याम शेर्पाको पक्षमा सभा सम्पन्न

IMG-20220610-WA0160.jpg

खरसाङ: आगामी जीटीए चुनावको लागि २८ नम्बर खरसाङ देवराली समष्टीबाट भागोप्रमोको प्रार्थी श्याम शेर्पाद्वारा लगातार रुपमा चुनाव प्रचार जारी रहेको छ। यसै चुनाव प्रचार यसै समष्टी अन्तर्गत पर्ने मजुवा बस्तीमा खरसाङ महकुमा सदस्य रबि खवासको सभापतित्वमा साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको कुशल नेतृत्वलाई सिरोपर राख्दै २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टीका मूल सचिव एंव यस समष्टिको प्रार्थी श्याम शेर्पाको पक्षमा चुनावी सभा सम्पन्न भएको छ। यसै समष्टीका नारी शक्तिका सभापति सुष्मा मुखिया अनि खरसाङ महकुमाका सदस्य प्रेम बम्जन साथै यसै गाउँका प्रतिनिधिहरूको बिशेष उपस्थितिमा चुनावी सभा सम्पन्न भएको छ। यसको साथै गाउँबाट गोजामुमोमा रहेका सबै घरहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको कुशल सोच, सिध्दान्त र कर्मलाई शिरोपर राखेर उनीहरूले पार्टीमा समर्थन जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement