सिक्किम राज्यका तीन महिला क्रिकेटर पूर्वोत्तर टोलीमा

IMG-20230205-WA0154.jpg

गान्तोक: सिक्किमका तीन महिला क्रिकेटरहरू १२ फरवरीमा सुरु हुने इन्टर जोनल सिनियर महिला एकदिवसीय प्रतियोगितामा उत्तर पूर्वी क्षेत्रको प्रतिनिधित्व गर्न चयन गरिएको छ। तीन फरवरीमा गुवाहाटीमा भएको उत्तरपूर्व राज्य क्रिकेट निकायका चयनकर्ता र पदाधिकारीहरूको बैठकमा उत्तर पूर्व क्षेत्रका लागि महिला खेलाडीहरूलाई छनोट गरिएको थियो। बैठकमा बीसीसीआईको एपेक्स काउन्सिलका सदस्य मामन मजुमदार र क्षेत्रीय संयोजक नबम विवेकको उपस्थिति रहेको थियो। सिक्किम क्रिकेट संघका अध्यक्ष टिका सुब्बा, मानद सचिव रिन्जिङ नामग्याल भोटिया र चयनकर्ता कर्मा तेन्दुपले प्रतिनिधित्व गरेका थिए।
लिजामित लेप्चा, युडेनमित लेप्चा र प्रणिता क्षेत्री १५ सदस्यीय टोलीमा परेका छन् भने छिरिङ ओङ्मु लेप्चालाई स्ट्यान्डबाइ खेलाडीमा राखिएको छ। सिक्किम महिला टोलीका प्रमुख खेलाडी हुन्, र यस सत्रमा उनीहरूको प्रदर्शनको आधारमा उत्तर पूर्वी क्षेत्रको टोलीमा चयन गरिएको थियो। त्यसैगरी, शेरिल लेप्चालाई पूर्वोत्तर क्षेत्रीय टोलीको फिजियोथेरापिस्टमा मनोनयन गरिएको छ। उत्तर पूर्वमा सबैभन्दा अनुभवी खेलकुद फिजियोथेरापिस्ट मध्ये एक हुन् र २०१८ देखि सिक्किम महिला टोलीसँग छिन्। प्रतियोगिताको लिग चरणमा उत्तर पूर्वी क्षेत्रले दुई खेल खेल्नेछ। १२ फरवरीमा पूर्व क्षेत्रसँग र १३ फरवीरमा उत्तर क्षेत्रसँग दुवै खेल हैदरावादमा हुनेछन्। उत्तर पूर्वी क्षेत्र पहिलो पटक महिला क्षेत्रीय प्रतियोगितामा सहभागी हुँदैछ। उत्तर पूर्वी क्षेत्रको टोली छ उत्तर पूर्वी राज्यहरू जस्तै, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र सिक्किमका खेलाडीहरूको संयुक्त टोली हो। टोलीः लिजामित लेप्चा, देबस्मिता दत्त, लालहरियाटपुई, सेन्तिलेमला, गंगा वाइखोम, नबाम यापु, अजिमा संगमा, लिमाटोला आओ, लालरिन्फेली, लोइडाङ्टन थोक्चोम, युडेनमित लेप्चा, प्रणिता क्षेत्री, केशम कल्पना देवी, मोनिका सार्इक्वा स्ट्यान्डबाइ: निङ्थौजम मोनिका देवी, छिरिङ ओङ्मु लेप्चा, पीसी वाङ्साङ्जुआली छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *