विदेशीको मुद्दामा मुख्यमन्त्री गोलेले भेटे केन्द्रीय कानून मन्त्री किरन रिजिजू

IMG-20230205-WA0151.jpg

गान्तोक: सर्वोच्च न्यायालयको एउटा ताजा फसेलाको पर्यवेक्षण खण्डमा सिक्किमे नेपालीहरूलाई विदेशी भनिएको सन्दर्भमा आज मुख्यमन्त्री पीएस गोलेले नयाँ दिल्लीमा केन्द्रीय कानून मन्त्री किरन रिजिजूसित भेट गरे। भेटवार्तमा मुख्यमन्त्री गोलेले संविधानको धारा ३७१एफ अन्तर्गत सम्पूर्ण सिक्किमे नागरिकको पूर्ण सुरक्षा र अधिकारहरू बारे अवगत गराए। यसको साथै कसरी सर्वोच्चको फसेलाको पर्यवेक्षण खण्डमा सिक्किमे नेपालीहरूलाई विदेशी भनिएको छ भन्ने बारे पनि केन्द्रीय मन्त्रीलाई विस्तृत रुपमा जानकारी गराए।
मुख्यमन्त्रीका कुराहरूलाई ध्यानपूर्वक सुनेपछि केन्द्रीय मन्त्री किरन रिजिजूले राज्य सरकारद्वारा सम्बन्धित विषयमा सर्वोच्च न्यायालयमा दर्ता गरेको समीक्षा याचिकाको समर्थन जनाए। यसको साथै केन्द्र सरकारले पनि समीक्षा याचिका दर्ता गर्ने उनले मुख्यमन्त्रीलाई आश्वासन दिए। केन्द्यी कानून मन्त्रीकाअनुसार यस मामिलामा भारत सरकारक महाधिवक्ताले सर्वोच्च न्यायालयमा पैरवी गर्नेछन्।

About Author

Advertisement