तेल चोरीको घटनालाई लिएर एनजेपीमा तनाउको माहौल

IMG_20230205_213139.png

सिलगढी: गत राति एनजेपीमा तेल चोरीको घटनालाई लिएर तनाउको माहौल देखापर्यो। यस घटनामा केही मानिसहरू घाइते भएका छन्। गत दिनमा तेल चोरी अवधि अग्निकाण्डको ठुलो घटना घटेको थियो। यसपछि पनि तेल चोरी भइरहेको छ। अग्निकाण्ड जस्ता घटना पुनः नहोस् भन्ने उद्देश्य लिएर इन्डियन ओयल संलग्न इलाकाका मानिसहरूले आवाज उठाएको छ। गत राति पनि तेल चोरी रोक्ने क्रममा केही मानिसहरू घाइते भएका छन्। घरमा पसेर स्थानीय मानिसहरूलाई कुटपीट गरेको आरोप पनि रहेको छ। यसको साथै महिलाहरूलाई पनि कुटपीट गरेको आरोप रहेको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस त्यस इलाकामा पुगेका थिए। पीड़ित निवासीहरूले आज बिहान एनजेपी थानामा केही मानिसहरूविरुद्ध अभियोग दर्ता गरेको छ। इलाकावासीहरूको आरोप अनुसार तेल माफियाको दादागिरीको कारण इलाकामा बस्न असुविधा भइरहेको छ। फेरि अग्निकाण्ड जस्तो घटना घट्न सक्ने सम्भावना रहेकोले तिनीहरूले प्रशासनले यसको विरुद्ध तत्काले कार्बाही गर्ने साथै आरोपीहरूलाई सजाय दिइनुपर्ने माग गरे। इलाकाका पार्षद सम्पा नन्दीले उक्त घटनाको निन्दा गर्दै यस प्रकारको अवैध कारोबार कुनै प्रकारले स्वीकार गरिने छैन भनी बताइन्। प्रशासनले असामाजिक गतिविधिविरुद्ध कार्वाही गर्नुपर्ने तिनले माग गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *