शेर्पा सोसियल वेलफेर ग्रुप खरसाङद्वारा सर सफाई

IMG-20230205-WA0119.jpg

खरसाङ: शेर्पा सोसियल वेलफेर ग्रुप खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर छ अनि सातद्वारा आफ्नो गाउँ आफै सफा राखौं भन्ने सोचले सफाई अभियानको कार्यक्रम गरिएको छ। शेर्पा बस्ती बीच गाउँ साबित्री देबी रोड, शिव मन्दिर जाने बाटोको झार जंगल फार्ने कार्य, नालीमा भएको ढुंगा, माटो अनि फोहोर मैलाहरू सफा गर्ने कार्य उक्त सोसियल ग्रुपका सदस्यवर्गले गरेका छन्। आजको सफाई कार्यक्रममा शेर्पा एशोसिएसनका गारजेन फोरम र नारीवर्गले पनि सहयोग पुर्याएका थिए। शेर्पा सोसियल वेलफेयर ग्रुपका प्रत्येक सदस्यले आफु आफैले रकम उठाएर चिया अनि खानाको व्यवस्था गरिएको थियोे। उक्त वेलफेयर ग्रुपले यस कार्यलाई निरन्तरता दिन सप्ताहपछि आईताबारको दिन पारेर थाँतीमा रहेको कार्य गर्ने भएको छ। अन्त्यमा यस कार्यमा सहयोग गर्ने युवा, गारजेन फोरमका सदस्यवर्ग साथै नारी सदस्यवर्गलाई सोसियल वेलफेयर ग्रुपले धन्यवाद दिएका छन्। नगरपालिका सेनिटेरी बाबुलाई पनि उनले मैला बोक्ने ठेला गाड़ी दिएकोमा उक्त ग्रुपले धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement