गोराबारीमा विन्टर ब्याडमिन्टन कोचिङ प्रशिक्षणार्थीहरुलाई प्रमाणपत्र वितरण

IMG-20230205-WA0121.jpg

सोनादा: हिउँदको छुट्टीमा स्कूले नानीहरुले केही राम्रो कुरो सिकोस्,केही राम्रो क्षेत्रमा संलग्न भएर वर्तमान नराम्रो कुलत,कुसंस्कार अनि त्यसै समय खेरो नफालोस भन्ने अभिप्रायले विगत एक महिना अघिदेखि गोराबारी ब्याडमिन्टन क्लब अनि दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनको संयुक्त आयोजनामा नानीहरुलाई ब्याडमिन्टन खेलको प्रशिक्षण दिने विन्टर ब्याडमिन्टन कोचिङ क्याम्पको आज समापन भएको छ। गोराबारी सार्वजनिक भवनमा विगत एक महिना अघिदेखि मसिना नानीहरुले एकमहिने प्रशिक्षण समाप्त गरेवापत् उनीहरुलाई दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनको तर्फबाट प्रमाणपत्र प्रदान गरियो। दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनका मुख्य सचिव शिशिर मोक्तानको उपस्थितिमा अतिथिहरु क्रमैले सोनादा ओपी एएसआइ फुर्बा पाख्रीङ, गोराबारीका दुई समाजका प्रतिनिधिहरु लगायत प्रशिक्षकहरु प्रकाश राई,यौवन थापा अनि राहुल तामाङ अनि अभिभावकहरुका उपस्थितिमा दागोहिब्याएका मुख्य सचिव शिशिर मोक्तानले आफ्नो सम्भाषणमा गोराबारी ब्याडमिन्टन एसोसिएसनलाई बधाई एवं शुभकामना दिन्दै मोबाइल र ईन्टरनेटको युगमा नानीहरुले गोराबारीमा ब्याडमिन्टनको कोर्स पूरा गर्यो,क्याम्प राख्नु लरतरो छैन,अहिले यो समाज ड्रग्स जस्तो नराम्रो कुलततर्फ गईरहेछ,लगाउ खाली लागू पदार्थमा मात्र हुँदैन। मोबाइलको पनि लत लागेको देखिरहेका छौ हामीले।नानीहरु मोबाइल फोनमा पनि एडिक्सन भइरहेका छन् ,ईन्टरनेटको पनि कुलत हुन्छ। एक महिना भित्रमा गोराबारी ब्याडमिन्टन क्लबले देखाइदिएको छ कि नानीहरु मोबाइल फोन, ईन्टरनेट बिना पनि रहन सक्छ भन्ने, नानीहरुलाई एङ्गेजमेण्ट राख्नु भनेको नो टु ड्रग्स को सन्देश दिनु हो, डाक्टरको छोराछोरी डाक्टर हुन्छ भने टिचरको छोराछोरी टिचर नै भएको देख्छौ, त्यसैले हामीले हाम्रो घर वरिपरि पनि राम्रो वातावरणको सृजना गर्न पर्दछ,त्यही कुरोलाई नानीहरुले सिक्ने गर्दछ। उनले अघि भने, यो क्याम्पले स्पोर्ट्सको, ब्याडमिन्टनको वातावरण सृजना भएको छ। गोराबारीका आर्यन थापाले दार्जिलिङ, खरसाङ अनि कालेबुङमा च्याम्पियनको खिताब हाँसिल गरेकोमा शिशिर मोक्तानले बधाई दिए भने अर्कोतिर राष्ट्रिय स्तरकी कोचको निम्ति अंश ग्रहण गर्ने गोराबारी ब्याडमिन्टन क्लबका राहुल तामाङको मोक्तानले प्रशंसा गरे।कार्यक्रममा शिशिर मोक्तान लगायत अतिथिहरुको बाहुलीबाट १६ जना प्रशिक्षणार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो।कार्यक्रमको संचालन यौवन थापाले गरेका थिए।

About Author

Advertisement