डा. आदित्य तामाङलाई अखिल भारतीय तामाङ बौद्ध संघद्वारा सम्मान

17-07-33-akh-1024x576.jpg

सिलगढी: तक्दाह खण्ड अन्तर्गत पुबुङ निवासी लाडुप तामाङ अनि अनिता तामाङका छोरा आदित्य तामाङ (मोक्तान) लाई गत ४ फरवारीको दिन अखिल भारतीय तामाङ बौद्ध संघ केन्द्रिय समितिले निरपानीमा आयोजित ३५औं वार्षिक महाधिवेशनमा संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाएको छ। डा. आदित्य तामाङले ईकोलोजिकल जेनिटिक्स विषयमा अध्यन गर्दै ड्रोसोफिलामेलोगास्टर (भुशुना) – मा विधावारिता (पीएचडी) गरेवापत् तिनलाई अभाताबौस ले सम्मान जनाएजा हुन्।अभाताबौसका सचिव एमके योन्जनले शुभकामना दिँदै बधाई दिए। डा. आदित्य तामाङ हाल दक्षिण सिक्किमको विश्वविद्यालयमा जोलोजी विभागमा कार्यरत छन्। तीन दिने वार्षिक अधिवेशनमा विभिन्न तहमा समाजमा योगदान पुयाउने व्यक्तिहरू लगायत उच्च शिक्षा हासिल गर्ने तामाङ सन्तानलाई अखिल भारतीय तामाङ बौद्ध संघले संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement