सर्ट पिच क्रिकेट टुर्नामेन्टको आयोजना

IMG_20230205_171323.jpg

सिलगढी: बाबुपाडा बोइज क्लब तथा २६ नम्बर वार्ड तृणमूल कङ्ग्रेसको संयुक्त पहलमा सर्ट पिच क्रिकेट टुर्नामेन्टको आयोजना गरियो। आज सर्ट पिच क्रिकेट टुर्नामेन्टको आयोजना सिलगढीको बाबुपाड़ा बोइज क्लब परिसरमा गरियो वार्ड पार्षद सिकता दे बसु रायले यस टुर्नामेन्टको उद्घाटन गरे। उक्त क्रिकेट टुर्नामेन्टमा मोठ १८ वटा टोलीले अंश ग्रहण गरेको छ भने टुर्नामेन्टमा विजयी टोलीलाई नगद २०,००० रुपियाँ र उपविजेता टोलीलाई नगद १५,००० रुपियाँ पुरस्कार स्वरूप प्रदान गरिनेछ।

About Author

Advertisement